site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यो वर्षको दसैँमा कस्तो हुनेछ मौसम ?

काठमाडौं । यो वर्षको दसैँमा देशका केही भू–भागमा वर्षा हुने भएको छ । केही क्षेत्रमा मौसम सफा हुने पूर्वानुमान छ । 

अष्टमी (५ गते), नवमी (६ गते) र दशमी (७ गते) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । यी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । 

आइतबार, सोमबार र मंगलबार देशका अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा घट्ने विभागको पूर्वानुमान छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro