site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार फेरिरहने क्रमले प्रदेशप्रति वितृष्णा बढायो : राजेन्द्र राई
फाइल तस्बिर ।

विराटनगर । नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले कोसीमा मध्यावधि निर्वाचनमा गइ ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।‌

कोसी प्रदेशसमाको आजको बैठकमा बोल्दै निरन्तर सरकार फेरिरहने क्रमले प्रदेशप्रति वितृष्णा बढेको बताए । 

Argakhachi Cement Island Ad

उनले भने, "बजेट शून्य अवस्थामा प्रदेश पुग्यो । विकासको नाममा एक चप्परी माटो खन्न सकिएन ।" 

उद्धव थापाले विश्वासको मतलिनु अगाडि हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट हुबहु पास गर्ने सहमति र लचकता अपनाउँदा पनि सरकार चल्न नदिइएको बताए । 

"केदार कार्की मुख्यमन्त्री सरकारले विश्वास मत माग्नु भएको छ, गठबन्धनले सिद्धान्तत: दिन नहुने हो," उनले भने, "अहिले एमालेसँग अस्वभाविक गठबन्धन बनेको छ ।"

 आठजना सांसद लिएर एमाले नेतृत्वको सरकारले किन विश्वास मत लिन नसकेको भन्दै प्रश्न गरे ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्