site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एक्लै अघि बढेका शेखर कोइरालाको आगामी ‘पाइला’ कता मोडिएला ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोसी प्रदेश राजनीतिक उथलपुथलसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेससित सत्ता सहकार्यमा ‘जे पनि हुन सक्ने’ भयमा देखिन्छन् ।

कोसी प्रदेशमा सत्तारुढ दल कांग्रेसका नेता शेखर कोइराला समूहबाट भएको विद्रोहको प्रभाव अरु प्रदेश र केन्द्रसम्म पर्न सक्ने सम्भावनासँगै उनको मनमा त्रास पसेको देखिन्छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा स्वयम् ‘अनपेक्षित घटना’ ठान्छन् र ‘करेक्सन’को पक्षमा छन् । तर देउवाले प्रधानमन्त्री दाहाललाई गठबन्धन तलमाथि नपर्ने स्पष्ट सन्देश र भरोसा पनि दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

देउवा निकट एक पदाधिकारीले बाह्रखरीसँगको अनौपचारिक कुराकानीका क्रममा भने, “कोसी प्रदेशका लागि भएको मुभको असर तपाईंले अहिले देख्नुहुन्न । त्यसको उद्देश्य के रहेछ भन्ने कुरा केही समयपछि देखिन्छ । तर अहिलेलाई यत्ति बुझ्नुहोस्, सभापतिज्यूले प्रधानमन्त्रीलाई पनि भन्नुभएको छ अहिले गठबन्धनमा कुनै असर पर्दैन ।”

उनले भर्खरै सम्पन्न केन्द्रीय कार्यसमिति र संसदीय दलको अंकगणित पनि देखाए ।  “केन्द्रीय समितिमा सभापतिको पक्षमा कति सदस्य रहेछन्, यहाँहरुले पनि देख्नुभयो,” उनले भने, “संसदीय दलको नेतामा पनि त्यस्तै छ ।”

Global Ime bank

उनका अनुसार यो गठबन्धन देउवाले नचाहेसम्म कायमै रहन्छ । 

“सभापतिले प्रधानमन्त्रीलाई यसअघि भएका सहमति कुनै पनि हालतमा तलमाथि नपर्ने स्पष्ट सन्देश दिनुभएको छ,” उनले भने ।

आफू निकटका ८ सांसदको बलमा कोइरालाले कोसीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएका छन्, जहाँ एमालेको ३९ मत परेको छ । कांग्रेस–माओवादी केन्द्रीय सत्ता गठबन्धनले कोसीमा माओवादीका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, शेखर कोइराला समूहले विद्रोह गरी कांग्रेसकै कार्कीलाई मुख्यमन्त्री बनाएका छन् ।

तर देउवा निकट पदाधिकारीले भनेजस्तो अवस्था पनि राजनीतिमा देखिँदैन । किनकि प्रधानमन्त्री दाहाल र देउवाले विद्रोही मुख्यमन्त्री कार्कीकै पक्षमा उभिन ‘चिर्कटो सहमति’ गर्न बाध्य भएका थिए ।

यो सहमतिपछि पनि देउवा, प्रचण्ड ढुक्क छैनन् । नवनियुक्त मुख्यमन्त्री कार्कीले आइतबार सरकार विस्तार गर्दा एमाले र कांग्रेसबाट एक–एक मन्त्री बनाएपछि प्रधानमन्त्री प्रचण्ड तनावमा परेका छन् । 

बालुवाटारमा भएको तीन नेताबीचको सहमतिअनुसार एमालेलाई अहिले सरकार बाहिरै राख्ने, कार्कीलाई माओवादीसहितका राजनीतिक दलले विश्वासको मत दिने भनिएको थियो । कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराएपछि प्रधानमन्त्री दाहालले एक कार्यक्रममा कांग्रेसलाई ‘पार्टी’ हो कि ‘मञ्च’ हो भन्ने छुट्याउन गाह्रो भइरहेको बताएका थिए ।

देउवा पनि आकस्मिक परिस्थितिको विश्लेषण गर्दै कार्कीकै पक्षमा उभिएका छन् ।  उपसभापति र महामन्त्रीसँग सभापति देउवाले छलफल गरेर  कोसीको ‘कोर्स करेक्सन’ गर्ने स्पष्ट पारेका छन् । 

शेखरको आगामी ‘मुभ’ 

मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिँदैछन् । राजनीतिक कोर्सको विषयमा फरक र नयाँ ढंगबाट बहस भइरहेको छ । शेखरले कोसीमा गरेको विद्रोहले कुन रूप लिन्छ, यतिमै सीमित हुन्छ कि अन्य प्रदेश हुँदै राष्ट्रिय राजनीतिमा धक्का पु¥याउँछन् भन्ने बहस राजनीतिक वृत्तमा छ । 

शेखर निकट सांसद सुनिल शर्मा एमालेको साथ लिँदै बाँकी प्रदेश र केन्द्रीय समीकरण परिवर्तन गर्ने दाबी गरिरहेका छन् । शेखर पार्टीको १४ औँ महाधिवेशनमा ४१ प्रतिशत मत ल्याएर सभापतिमा पराजित भएका हुन् । 

त्यसबेला कोइरालासँग उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका प्रभावशाली नेता सँगै थिए । तर कोसी विद्रोहमा कोइरालाले आफूनिकट मानिएका पदाधिकारीसँग पनि छलफल गरेनन् ।

यो विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापतिले बोलाएको बैठकमै आपत्ति जनाएका थिए ।

“प्रदेशमा नयाँ गठबन्धन बन्दा पनि महामन्त्रीहरुले थाहा नपाउने कस्तो प्रणाली हो ?,” सभापतिसँग उनीहरुको प्रश्न थियो, “सभापतिले माओवादीका अध्यक्ष प्रचण्ड छाड्न नसक्ने, अर्का नेताले एमाले अध्यक्ष केपी शर्मा ओली छाड्न नसक्ने ।”

कोइराला निकट नेताहरुका अनुसार सभापति र संस्थापन पक्षको निरन्तर पेलानमा यो समूहले विद्रोहको बाटो अपनाएको हो ।

यो विद्रोहले पार्टी हुने आन्तरिक समीकरण मिलाउन शेखर पक्षलाई थप साथमा लिनुपर्ने वाध्यतामा सभापति पुगेका छन् । देशभर समूहमा लागेका नेता कार्यकर्तालाई पनि शेखरको विद्रोहले सम्मानको आभास दिलाएको उनी निकट एक केन्द्रीय सदस्यको बुझाइ छ । 

त्यसो भए, अन्य प्रदेश र केन्द्रमा हस्तक्षेप गर्ने केही तयारी छ ? भन्ने प्रश्नमा ती केन्द्रीय सदस्यले भने, ‘‘कोसीमा जस्तै अन्य प्रदेशमा विद्रोह गर्न सहज अवस्था छैन । केन्द्रमा पनि राजनीतिक दिशा कता जान्छ भनी सक्ने छैन । आफूलाई दाउमा राख्दै अन्य प्रदेशमा विद्रोह गर्न केदार कार्कीको जति आँट देखाउने मान्छे हुनुपर्छ । त्यो पाउन सजिलो छैन ।” 

ती सदस्यले कांग्रेस इतर सत्ता भएका ठाउँमा प्रयास जारी राख्ने बताउँछन् । उनी भन्छन्, ‘‘प्रयास जारी रहन्छ । तर, परिस्थिति सोचेजति सहज नहोला ।”

शेखर निकट केन्द्रीय सदस्य राजीव कोइराला भने कोसी विद्रोहलाई आलोचनात्मक समर्थन गर्छन् । उनी भन्छन्, ‘‘शेखर दाइको विद्रोह आवश्यक थियो । तर शेखर दाइले मोरङ बाहिरको राजनीति पनि हेर्नुपर्छ ।” 

कोसीमा भएको विद्रोहको जवाफ डा. शेखरसँग पनि नेताहरूले मागिरहेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले सोमबार कोसीको विषयमा उठेको सवालहरूमा नेता शेखरले पनि जवाफ दिनुपर्ने धारणा राखे ।

उनले कोसीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूसँग सभापति देउवा र शेखर कोइराला दुवैले छलफल नगरेको भन्दै आपत्ति जनाए । कोसीको विद्रोहको विषयमा शेखर निकट नेता गुरुराज घिमिरे पनि सन्तुष्ट छैनन् । 

शेखरले आफूनिकट मानिएका महामन्त्री गगन थापा तथा सहमहामन्त्रीहरू र प्रभावशाली नेताहरूसँग समेत छलफल नगरेको गुनासो पनि छ । एक पदाधिकारीले बाह्रखरीसँग भने, “कसैसँग सल्लाह भएन । उहाँले एक दुई केन्द्रीय सदस्यबाहेक अरुलाई सोध्ने मन गर्नुभएन । किन हो थाहा छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय