site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खाद्यले आजदेखि थापाथलीबाट खाद्यान्न नबेच्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँको अवधिमा थापाथपी बिक्री कक्षबाट खसीबोका र च्यांग्रा मात्र बिक्री गर्ने भएको छ । कम्पनीले आजदेखि आउँदो कात्तिक १० गतेसम्म हाल बिक्री गर्दै आएका खाद्यान्नको बिक्री बन्द गर्न लागेको हो ।

रामशाहपथस्थित बिक्री कक्षबाट भने खाद्यान्न बिक्री गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् ।

“थापाथली कार्यालयमा खसीबोका र च्यांग्रा बिक्री गरिने भएकाले हामीले खाद्यसामग्री यस कक्षबाट बिक्री नगर्ने भएका हौँ,” उनले बाह्रखरीसँग भनिन्, “कात्तिक १० गतेबाट फेरि नियमित खुला गर्नेछौँ ।”

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro