site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालका चिकित्सक विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्छन् : सन्दुक रुइत
फाइल तस्बिर ।

काठमाडौं । डा. सन्दुक रुइतले नेपालका चिकित्सक विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मन्थन कार्यक्रममा सोमबार उनले उनीहरूको क्षमताको समुचित प्रयोगमा सरकारले स्पस्ट नीति नलिएको बताए ।

“नेपालका चिकित्सक/स्वास्थ्यकर्मी विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्ने छन् । तर, उनीहरूको क्षमताको समुचित प्रयोगमा सरकारले स्पष्ट नीति लिएको छैन,” उनले भने । 

रुइतले आफूले काम लगाउनेको सुरक्षा र भविष्यको ग्यारेन्टी सरकारले गरिदिनुपर्ने बताए । प्रत्येक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमाको छुट्टै एकाइ राख्नुपर्ने उनको भनाइ छ । 

“काम गर्नेलाई पनि प्रतिफल दिने हो भने स्वास्थ्य संस्थाले अझै गुणस्तरीय सेवा दिन सक्छन् । आफूले काम लगाउनेको सुरक्षा र भविष्यको ग्यारेन्टी त सरकारले गरिदिनु पर्‍यो नि,” उनले भने, “प्रत्येक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमाको छुट्टै एकाइ राख्नुपर्छ । बिमाको नाममा अहिले जे गरिएको छ, त्यो ठीक छैन ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro