site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अनमोल १५ महिनापछि ‘फर्की फर्की’बाट चलचित्रमा फर्किँदै  

काठमाडौं । नायक अनमोल केसी १५ महिनापछि चलचित्रमार्फत दर्शकमाझ आउने भएका छन् । वि.सं. २०८१ सालको जेठ ११ गते उनको चलचित्र रिलिज हुँदा उनी १५ महिनापछि दर्शकसामु देखिनेछन् ।

२०८१ सालको जेठ ११ गते उनको अभिनय रहने चलचित्र ‘फर्की फर्की’ रिलिज हुनेछ । गत वर्षको फागुन १९ गते अनमोल मुख्य भूमिकामा रहेको चलचित्र ‘छड्के–२’ रिलिज भएको थियो । जुन चलचित्रबाट उनको आलोचना भएको थियो । त्यसपछि उनले राम्रो स्क्रिप्ट नआएसम्म काम गर्ने बताएका थिए । 

Dabur Nepal
NIC Asia

‘छड्के–२’ पछि अनमोल निर्माता रोहित अधिकारीले चलचित्र ‘फर्की फर्की’मा काम गर्न लागेका छन् । यो चलचित्रको प्रदर्शन मिति पनि तय भइसकेको छ । यो चलचित्रको वर्कसप सुरु भएको छ । वर्कशपमा चलचित्रका  नायक अनमोल केसी, नव–कलाकारद्वय रवि काफ्ले र समृद्धि अर्याल सहभागी छन् । 

चलचित्रकी मुख्य नायिका जसिता गुरुङ भने केही दिनमा वर्कसपमा सहभागी हुनेछिन् । 

चलचित्रको छायांकन मंसिरको १ गतेबाट सुरु गर्ने तयारी छ । सुयोग गुरुङले निर्देशन गर्ने चलचित्र काठमाडौं, पोखरा, अन्नपूर्ण बेस क्याम्पमा छायांकन गरिनेछ । एउटा गीतको छायांकन इन्डोनेसियाको बालीमा गरिने निर्माणपक्षले बताएको छ । 

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार हुन लागेको चलचित्रका सह–निर्मातामा मनोज वली र राम न्यौपाने हुन् । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बू र अनमोल गुरुङको संगीत रहनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro