site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीय सरकारमा पनि अब कोसीको असर पर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कोसी प्रदेशको पछिल्लो समीकरणको असर केन्द्रीय सरकारमा पनि देखिने बताएका छन् । आइतबार रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले अबको दुई महिनामा संघीय सरकारमा त्यसको असर देखिने दाबी गरे ।

“कोसी प्रदेशमा भइरहेको समीकरण क्षणिक हो,” पाण्डेले भने, “अबको दुई महिनापछि संघीय सरकारमा पनि त्यसको असर पर्छ ।”

कोसीमा एमालेको समर्थनमा कांग्रेसका नेता शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाले शनिबार गरेको सहमति आत्मसन्तुष्टि मात्रै भएको उपाध्यक्ष पाण्डेको टिप्पणी छ ।

“हिजो आएको स्टेटमेन्ट प्रचण्ड, देउवा र शेखरको आत्मसन्तुष्टि मात्रै हो,” पाण्डेले भने । उनले सरकारलाई अल्छि चराको संज्ञा दिए ।

“सरकार अल्छि चरा हो । अगाडि चारो हालिदियो, खान्छ,” पाण्डेको टिप्पणी छ, “आफैं चारेर खाँदैन ।”

उनले आन्तरिक ऋण लिएर देश बनाउन सम्भव नहुने बताए । आन्तरिक ऋण चारगुणा बढेको उनको भनाइ छ ।

पाण्डेले अहिले सत्यलाई सत्य र गलतलाई गलत भन्ने कार्यकर्ता बनाउन सक्नु पनि चुनौती रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro