site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मणिपाल प्रकरण : दुईजना कारागार चलान, १० भन्दा बढी फरार
Sarbottam CementSarbottam Cement

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सक कुटिएको घटनामा पक्राउ परेकामध्ये दुईजनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

सो अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि चिकित्सक र मृतकका आफन्तबीच तनाव उत्पन्न भएको थियो । त्यसले राजनीतिक रूप लिँदा त्यहाँ खटिएका एक प्रहरी निरीक्षक निलम्बनमा र एक डीएसपी अकस्मात् काज सरुवामा परेका थिए ।

पीडितका आफन्त र चिकित्सक पक्षबीच अस्पताल प्रशासनको रोहबरमा यही असोज ११ गते ६ बुँदे सहमति पनि भएको थियो । त्यसका बाबजुद कास्की प्रहरीले असोज १२ गते थप आठजनालाई पक्राउ गरेको थियो । असोज ८ गते पोखरा महानगरपालिका–५, मालेपाटनका विनय गुरुङलाई पक्राउ गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अस्पताल परिसरभित्रको सीसीटीभीमा देखिएका अनुहारमध्ये थप १० जनालाई पहिचान गरिएको प्रहरीले जनाएको छ । ती १० जनालाई नै प्रहरीले फरार सूचीमा राखेको छ । पहिचान नखुलेका अरू व्यक्ति पनि फरार सूचीमा रहेका कास्की प्रहरीले जनाएको छ ।

६ बुँदे सम्झौताको पाँचौँ नम्बरमा ‘विनय गुरुङउपर दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत कसुर मुद्दामा कानुनी रित पुर्‍याई यथाशीघ्र सहजीकरण गर्ने’ उल्लेख छ ।

Global Ime bank

उनै गुरुङसहित पोखरा–१७ का छावा भनिने सुशील कार्कीलाई पनि अदालतले थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीश ध्रुवकुमार पियाको इजलासले सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, प्रदीप गुरुङ, मनीष थापा र विजय गुरुङलाई भने जनही एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

भएको के थियो ?
घटना हो, असोज ८ गते दिउँसो १ बजेको । त्यसको अघिल्लो दिन लमजुङको सुन्दरबजार नगरपालिका–५ की ५७ वर्षीया सुकमाया दुरालाई आफन्तले उपचारका निम्ति मणिपालमा ल्याएका थिए । दुरामा श्वासप्रश्वास तथा ढाड दुख्ने समस्या थियो । तर, असोज ८ गते दिउँसो १ बजे उनको मृत्यु भयो ।

दुराको मृत्युपछि आफन्त आक्रोशित भए । उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप लगाए । अस्पतालमा तोडफोड गरे । मृत्युको कारण खुलाउनुपर्ने माग गर्दै नाराबाजी गरे । त्यही भीडको निसानामा परे डा. अनिल शाह ।

चिकित्सक कुटिएपछि अस्पतालमै इन्टर्न गर्ने स्वास्थ्यकर्मीले प्रतिवाद गर्न खोजे । त्यसपछि अस्पताल परिसरमा ठूलै भीडभाड भयो । मृतकका आफन्तले पोखरामा रहेका चिनजानका अरू व्यक्तिहरूलाई पनि बोलाए । बाहिरबाट आएका युवासहित होहल्ला बढेपछि सुरक्षाकर्मीको संख्या बढाइएको थियो ।

बाहिरबाट जानेमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका नेतासहितका युवा थिए । ती युवाको टोली अस्पताल परिसरको लबीमा बसेको थियो । अस्पतालभित्रै उपल्लो तलामा इन्टर्न विद्यार्थी थिए । स्थिति तनावग्रस्त बनेको थियो । दुवै पक्षले अस्पतालमा भौतिक क्षति पुर्‍याएका थिए ।

चिकित्सक कुटिएपछि आन्दोलनमा ऐक्यबद्धता जनाउन अर्को अस्पतालबाट डा. दिनेशकुमार विक पनि त्यहाँ पुगे । तर, उनी प्रहरीबाटै कुटिए । डा. विकलाई कुट्ने प्रहरी निरीक्षक मदन श्रेष्ठ निलम्बनमा परिसकेका छन् ।

डा. विक नेकपा (माओवादी केन्द्र)निकट प्रगतिशील चिकित्सक संघ गण्डकीका अध्यक्ष एवं राष्ट्रिय उपाध्यक्ष समेत हुन् । आफ्नै गृहमन्त्री हुँदा पार्टीनिकट चिकित्सक कुटिएपछि माओवादी स्वास्थ्य विभागका केन्द्रीय सदस्य डा. दीपक कोइरालाले राजीनामा नै दिएको घोषणा गरे ।

उनले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा समेत चिकित्सकले कुटाइ खानुपरेको, प्रहरी प्रशासनले उल्टै गुन्डागर्दीमा उत्रिएकालाई जोगाउन खोजेको आरोप लगाउँदै राजीनामा दिएका थिए ।

डा. कोइरालाको राजीनामापछि मणिपाल क्षेत्राधिकारभित्रै नपर्ने वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीलाई काज सरुवा गरिएको थियो । माओवादीका चिकित्सक नेताको दबाबका कारण आफ्नो सरुवा गरिएको भन्दै उनले प्रणालीमाथिको प्रहार भएको प्रतिक्रिया दिएका थिए ।

मणिपाल प्रकरणमा गृह मन्त्रालयबाटै दबाब आएकाले कास्की प्रहरीले प्राथमिकतामा राखेर मुद्दा अगाडि बढाएको थियो ।

तोडफोडमा संलग्न रहेको र भीडलाई उत्तेजित एवं आक्रामक बनाउन नेतृत्व लिएको भन्दै तरुण दलका केन्द्रीय सदस्य पशुपति भट्टराईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी छ । पक्राउ पुर्जी जारी गरिएका भट्टराईसहित १० जना अझै फरार नै रहेकोे र खोजीकार्य भइरहेको कास्कीका प्रहरी प्रमुख एवं एसपी मोहनकुमार थापाले जानकारी दिए ।

फरार सूचीमा भनिएकाहरूले भने सहमति भइसकेपछि पनि प्रहरीले गृहको दबाबमा अनाहकमा फसाउन खोजेको आरोप लगाएका छन् । “म पनि अस्पताल गएको थिएँ, प्रहरीलाई हामीले नै बोलाएर, सघाएर आन्दोलन शान्त पारेका हौँ । प्रहरीले चाहिँ सीसीटीभीमा देखिएको भन्दै हामीलाई पक्राउ गर्न खोजिरहेको छ, यो गलत हो,” फरारमध्येका एकजनाले फोन सम्पर्कमा भने ।

नेविसंघका नेतालगायत मृतकका आफन्तको समूहले पोखराको महेन्द्रपुल आसपासका क्षेत्रमा प्रदर्शन समेत गरेको थियो । मृतक दुराको शव असोज १६ गते मात्र अस्पतालबाट उठाइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement