site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
माओवादीका चिकित्सक नेताको कोपभाजनमा परे बैदामका डीएसपी जोशी !
Sarbottam CementSarbottam Cement

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ५७ वर्षीय सुकमाया दुराले ज्यान गुमाएपछि गत सोमबारदेखि अशान्त बनेको अस्पताल अहिलेसम्म शान्त हुन सकेको छैन । 

बिरामीका आफन्तले डाक्टरको लापरबाहीका कारण ज्यान गुमेको आरोप लगाउँदै डा. अनिल शाहमाथि कुटपिट गरेका थिए । प्रतिवादमा चिकित्सकहरू पनि आन्दोलनमा उत्रिए ।

दुवै पक्षले आआफ्ना माग राखेर अस्पतालमा प्रदर्शन गरिरहे । चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका अर्का चिकित्सक डा. दिनेशकुमार बिकमाथि भने प्रहरीबाटै कुटपिट भयो । अपशब्द बोल्दै मृतकका आफन्तहरूका अगाडि डाक्टर कुटेको भनेर भाषण गर्ने प्रहरीका कारण चिकित्सकहरू झनै आक्रोशित भए ।

Prabhu Bank
Agni Group
NIC Asia

यी दुवै पक्षले मागसहित आआफ्नो प्रदर्शन जारी गरिरहँदा डाक्टर कुटेको भन्ने प्रहरी निरिक्षक मदन श्रेष्ठलाई निलम्बनमा परेका छन् । अनुसन्धान नसकिँदासम्म उनको निलम्बन कायमै रहने छ ।

तर, गृह मन्त्रालयले बुधबार नै मणिपाल अस्पतालको कार्यक्षेत्र नभएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक वेद जोशीलाई पनि अचानक काज सरुवा गरिदिएको छ ।

Global Ime bank

मणिपाल अस्पताल रहेको क्षेत्र वडा प्रहरी कार्यालय रामबजारको मातहतमा पर्छ । कार्यक्षेत्र नै नभएका डीएसपीलाई समय नपुग्दै अचानक काज सरुवा गरेर प्रहरी प्रधान कार्यालय तानिएको छ । यद्यपि, उनको सरुवा पनि मणिपालको घटनासँगै जोडिन्छ ।

काज सरुवामा परेका डीएसपी जोशीले आफ्नो सरुवालाई ‘अनुचित निर्णय भएको’ प्रतिक्रिया दिएका छन् । कार्यक्षेत्र नै नभएको ठाउँमा खटाएको, संवेदनशील क्षेत्रमा गएर सुरक्षा संवेदनशीलता ख्याल गरी काम गरेको, जिल्लाले दिएको निर्देशन पालना गरेको अवस्थामा पनि स्पष्टीकरणको मौकासमेत नदिई आफूलाई काज सरुवा गरिएकोमा जोशीले असन्तुष्टि जनाएका छन् ।

वडा प्रहरी कार्यालयबाट भन्दा जिल्ला प्रहरी कार्यालय कास्कीबाट नै मणिपाल शिक्षण अस्पताल नजिक पर्छ । तर, जिल्लाले खटाएपछि तनावग्रस्त अस्पतालमा सुरक्षा दिन पुगेका थिए, जोशी । 

गत फागुनमा मात्रै वडा प्रहरी कार्यालय बैदामको नेतृत्व लिएका उनै जोशीसँग ८ गतेको उक्त घटनाबारे जोशीसँगको कुराकानीको संक्षिप्त अंश :

भएको चाहिँ के हो भने, एकजना डाक्टरलाई बिरामीको मान्छेले मृत्यु भयो भनेर, बिरामीको राम्रो हेरचाह भएन, राम्रो अवस्थाको बिरामी अचानक डेथ भयो भनेपछि आफन्तहरू आक्रोशमा आए र डाक्टरमाथि हातपात गरे ।

सम्बन्धित एरियाको इन्चार्ज गए । त्यसपछि तत्कालीन रूपमा थोरै मान्छे थिए, त्यही बेलामा प्रहरी गेटमा खटाएर हातपात गर्ने मान्छेलाई लिएर आइहाल्नुपर्थ्यो । तर, ऊ त्यहीँ गएर बसेछ, ढिला गरेछ । त्यसपछि चिकित्सकले नै त्यो हातपात गर्ने मान्छेलाई थुनेछन् । थुनिसकेपछि मृतकका आफन्तले हाम्रा मान्छेलाई बन्धक बनाउने भनेर निहुँ खोज्न थाले ।

त्यतिबेलासम्म मलाई थाहा थिएन, म आफ्नै कार्यालयमा थिएँ ।

डाक्टरहरूले बन्धक बनाए भनेपछि त्यो कोठामा प्रहरी पनि राखियो ।

त्यसपछि डाक्टरहरूले हामीले कुटाइ मात्रै खाइरहने भनेर प्रतिप्रश्न गरे । उनीहरूले विस्फोटको रूपमा यसलाई लिए, यो स्वाभाविक पनि थियो, काम गर्ने क्रममा कुटाइ खानु त राम्रो होइन, उनीहरूको माग जायज पनि थियो । त्यसपछि डाक्टरहरूले कामकाज बन्द गरेर आन्दोलन सुरु गरे ।

अस्पतालको क्याफेदेखि लिएर क्याबिनसम्म डाक्टरहरूले कब्जा गरे । चिकित्सकहरूले नै सिसा फोर्न थाले, स्लाइन चढाउने स्ट्यान्ड बोकेर आएर होहल्ला गर्न थाले । त्यो भइसकेपछि त्यतिबेलासम्म रामबजार प्रहरी चौकी र बैदाम प्रहरी चौकीबाट इन्सपेक्टरहरू पुगिसकेका थिए ।

उनीहरू आएर भिडलाई तितरबितर पारे । रोक्ने प्रयास गरे । धकेलाधकेल गरेर एकअर्कालाई आमनेसामने हुन दिएनन् । तर, त्यतिबेलासम्म अस्पतालको तेस्रो तलामा सिसाहरू फुटिसकेका थिए ।

सामान्यतया के हो भने, कुनै पनि जिल्लामा जिल्लाको मातहतमा समस्या पर्‍यो भने जिल्लाको डीएसपी वा अरू अधिकारी जाने हो । उनीहरू चाहिँ घरमै बसे, मलाई पठाए ।

मैले पनि विभागीय कुरा हो, किन अन्य कुरा गर्नु भनेर नाइँ भन्न नसकेर म गएँ । बिरामी भएर एन्टिबायोटिक खाएर बसिरहेको थिएँ, तर म गएँ ।

त्यहाँ पुग्दा अवस्था यस्तो थियो कि, कहाँबाट सुरु गर्ने भन्ने भयो ।

मैले अस्पताल प्रशासनसँग कुराकानी गर्छु, तपाईंहरू शान्त बस्नुहोस् भनेर म गएँ । डाक्टरहरूले निकै हल्ला गरिरहेका थिए, कुरा सुन्नै चाहिरेका थिएनन् । प्रशासनमा गएपछि मैले डाक्टरका प्रतिनिधि पनि बोलाउनुहोस्, एकपटक भनेँ ।

पहिलो कुरा त, डाक्टर कुट्नेको गल्ती हो । उसलाई लगेर थुनौँ, कारबाहीमा लगौँ, त्यो एउटा समाधान हो । त्यसपछि बाँकी कुरा हेर्दै जाउँला । शव पनि छ, त्यसको पनि व्यवस्थापन गर्नुपर्‍यो । नेपालभरिकै रोग हो यो, अस्पतालमा केही हुनेबित्तिकै तोडफोड हुन्छ भनेर भन्दै थिएँ । डाक्टरहरूले हुँदैन, तपाईंहरूको विश्वास छैन, लग्न दिँदैनौँ भने ।

मलाई एकदमै असहयोग गरे ।

त्यसपछि मैले भनेँ 'तपाईं हामी जिम्मेवारी बोकेको मान्छे हो, तपाईंहरूले पनि भिडले जस्तो कुरा गर्ने ?'

मैले उनीहरूलाई कन्भिन्स गर्ने प्रयास गरिरहेँ । मैले अस्पताल प्रशासनसँग कुराकानी गरिरहेको छु, उनीहरूले आफ्नो डाक्टरलाई भन्न पनि नसक्ने, अनि मलाई यहाँ जति पनि भिड छ पहिला सबलाई निकाल्नुहोस् अनि कुरा गर्छौँ भने ।

मैले सकभर निकाल्ने प्रयास गर्छु भनेँ । तर, कुटेर भए पनि निकाल्न भनेर मलाई भने ।

कुटेर बल प्रयोग गरौँ भने पनि डाक्टरहरू पनि आक्रोशित हुनुहुन्छ, अर्को कुरा लबीमा यति धेरै मान्छेहरू थिए, बिरामीका मान्छेहरू थिए । सबैले हेरिरहेका छन् । मैले के गरिरहेको थिएँ भन्ने पनि सबै देखिरहेका छन् ।

अन्तिममा, डाक्टरहरूले जाहेरी दिन्छौँ भन्नुभयो । जाहेरी लेख्नुहोस भनेँ । अफिसको लेटरहेडमा एउटा सामान्य निवेदन लेख्नुभयो ।

मैले के भनेँ भने यसले पनि धेरै कुरा हुन्छ, लैजानका लागि पुग्छ, तर भोलि पर्सिमा एउटा जाहेरी दिनुपर्छ अनि दर्ता गरेर अगाडि बढ्नुपर्छ ।

तर, उहाँहरूले मान्नुभएन ।

'त्यसो भए हुँदैन, तपाईंहरूको विश्वास छैन' भनेर फेरि सुरु गर्न थाले । मलाई ६ बजेसम्म अफिसबाट कुट्ने मान्छेलाई लिएर आइजा भन्ने आदेश थियो । अब डाक्टरहरूले केके भन्छन्, मानेर बसिरहने अवस्था पनि थिएन ।

त्यसपछि मैले भिडलाई सम्झाएर क्लियर गरेँ । सम्झाएर क्लियर गर्दै जाने क्रममा लबीमा पुग्दा डाक्टरहरूले एक्कासि माथिबाट गमला फाले । त्यसपछि तलको भिड पनि उत्तेजित भयो । त्यसपछि तल र माथि दुवै पक्षले हानाहान गर्न थाले । कुर्सीहरू फोड्न थाले, हामीले बल्लतल्ल रोक्यौँ ।

त्यसपछि नै डाक्टर कुट्ने पोखरा ५ का विनय गुरुङलाई प्रहरीले अस्पतालबाट अस्पतालको मुख्य भवन बाहिर निकाल्न सक्यो ।

उसलाई यहाँ राखिरहँदा दोहोरो पक्षबाट नै सुरक्षाको खतरा देखेपछि झ्यालबाट निकालेर कार्यालय ल्याइएको हो ।

डाक्टरको कुरा सुन्न थाले लैजान दिँदैनन्, त्यो मान्छेलाई त्यहीँ राख्दा जोखिम हुन्छ । यता मृतकका आफन्तहरू चाहिँ हाम्रो मान्छे बन्धक बनाउनेलाई कारबाही किन नहुने भन्न थाले । आफन्तहरूले त्यसरी कराउन थालेपछि मैले जसले डाक्टरलाई कुटेको भन्ने थियो, झ्यालबाट निकालेर गाडीमा हालेर जिल्ला पठाइदिएँ, त्यो कुरा अफिसको रिपोर्टिङमा पनि छ ।

त्यसपछि उनीहरूले ‘ल डीएसपीले हामीलाई नसोधी माथि (जिल्ला) लग्यो’ भनेर त्यसमा निहुँ खोज्न थाले, त्यत्ति हो ।

अन्तिममा फेरि डाक्टरहरू उत्तेजित हुन थाले ।

प्रहरी निरिक्षक (मदन श्रेष्ठ)ले डाक्टर (दिनेश कुमार बिक) लाई तानेर ल्याउँदै थिए, त्यो देखेपछि मैले दौडेर गएर को हो भनेर सोधेँ । उनले डाक्टर हो, एकदमै अराजक गरिरहेको हो भनेर भने ।

उसलाई कुटपिट पनि भएको रहेछ, चोटपटक लागेको रहेछ ।

त्यहाँ छाड्दा पनि डाक्टरहरू उत्तेजित हुन्छन्, हाम्रो डाक्टरमाथि हातपात भयो भन्छन् फेरि । छाडौँ पनि समस्या, बरु सुरक्षाको हिसाबले लगेको राम्रो । त्यहाँ त डाक्टरहरूले पनि अराजकता त गरेकै हुन् त । सबैले देखेकै छन् । 

त्यहाँ डाक्टर भन्ने नै भएन ।

चिकित्सातर्फका इन्टर्न विद्यार्थीहरू र आवासीय चिकित्सकहरू आन्दोलनकारी भए, अर्को मृतक बिरामी पक्षका परिवार, आफन्त र उनीहरूले बोलाएका साथीभाइहरू आन्दोलनकारी भए ।

दुईवटा आन्दोलनकारी समूहबाट अस्पताल र त्यहाँ रहेका सर्वसाधारणलाई जोगाउनु चुनौतीपूर्ण कुरा होइन ?

त्यो संवेदनशीलता बुझेर नै डाक्टरलाई पनि सुरक्षाका साथ लगेको हो । मेरो कन्ट्रोलमा उहाँलाई कुनै किसिमको केही भएको छैन । भोलिपल्टा सोध्यौँ पनि, उहाँले तपाइले केही गर्नुभएको छैन तर, पहिला मलाई कुटपिट भएको छ भन्नुभयो ।

हामीले सीसीटीभी हेरौँ, कसले कुटेको हो उसलाई कारबाही गरौँला भनेँ ।

त्यसपछि डाक्टरलाई अस्पतालमा लगेर जाँदा आफूमाथि पनि ढुंगामुढा भएको र गाडीको सिसा फुटेको उनले बताए ।

पछि इन्सपेक्टरले मैले डाक्टर कुटेँ, यो गरेँ, त्यो गरेँ भनेर बोलेको भिडियो आयो । 

त्यसमा त मलाई गाँज्न त भएन नि, न मेरो केही, मेरो केही गल्ती देख्नुभएको छ ?

०००

प्रहरीबाट कुटिएका डा. दिनेशकुमार अधिकारी माओवादी निकट प्रगतिशील चिकित्सक संघ गण्डकीका अध्यक्ष हुन भने राष्ट्रिय उपाध्यक्ष पनि हुन् । उनीसहित संस्थाले नै डीएसपीले असहयोग गरेको भन्दै काज सरुवाका लागि दबाब दिएको थियो ।

गृहमन्त्रालयले पनि बुधबार नै एक विज्ञप्ति जारी गर्दै 'कास्कीमा घटेको घटनामा दोषी देखिएका सुरक्षाकर्मीमध्ये एकजनालाई केन्द्रमा सरुवा गरिसकिएको र अन्य एकजनालाई कानुन बमोजिम निलम्बन गरिएको' जनाएको छ ।

तर, आफ्नो सरुवाको विषयमा असन्तुष्ट प्रहरी नायब उपरीक्षक जोशीले अरूले सुनाएकै भरमा सरुवा गरिदिनु गलत भएको बताएका छन् ।

“डाक्टरहरूले इगोको रूपमा गृहमन्त्री, गृहसचिवलाई कुरा लगाएर डीएसपीले सहयोग गरेन भनेछन्, त्यसको भरमा मलाई काज गर्दिने, यस्तो पनि हुन्छ कहीँ ?,” उनले असन्तुष्टि पोखे ।

गल्ती नै नभएको अवस्थामा एकैपटक सरुवा गरिदिने सिस्टम नै गलत रहेको उनको भनाइ छ ।

“सफाइको पनि मौका नदिई एकैपटक सरुवा गरिदिएको छ । यो चाहिँ न्यायसंगत भएन,” उनले भने ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय