site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
काभा पुरुष भलिबलमा नेपालको दोस्रो हार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो हार बेहोरेको छ । शुक्रबार कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा सम्पन्न आफ्नो चौथो खेलमा नेपाल साउदी अरेबियासँग ३–२ को सेटमा पराजित भएको हो ।

खेलको पहिलो सेट २२–२५ ले गुमाएको नेपालले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तेस्रो सेट २३–२५ ले गुमाउँदा निकै रोमाञ्चक बनेको चौथो सेट २७–२५ ले जित्दै नेपालले खेल पाँचौँ सेटसम्म पुर्‍याएको थियो । पाँचौँ तथा निर्णायक सेट भने नेपालले १६–१४ ले गुमायो ।

नेपालको यो दोस्रो हार हो । यसअघि बंगालादेशलाई ३–१ र अफगानिस्तानलाई ३–२ को सेटमा हराएको नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा स्तब्ध बनेको थियो ।

Global Ime bank

यता साउदी अरेबियाको भने पहिलो जित हो । यसअघि साउदी अरेबिया श्रीलंका र उज्वेकिस्तानसँग समान ३–० र बंगालदेशसँग ३–२ को सेटमा पराजित भएको थियो ।

अब नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार उज्वेकिस्तानको सामना गर्ने छ ।

अक्टोबर १५ सम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement