site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दबाब, तनाव र चुनौतीमा छु, राजनीति बाहिर पनि समाज छ भन्ने बुझेँ : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिकर्मीहरूलाई दबाब, तनाव र चुनौती धेरै हुने बताएका छन् । 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै उनले आफू अहिले दबाब, तनाव र चुनौतीको बीचमा रहेको बताए । 

उनले समाज भनेको राजनीतिमात्रै नभइ अन्यत्र पनि भएको अनुभूति भएको बताए । राजनीति बाहिर पनि समाज छ भनेर बुझ्ने मौका पाएको उनले बताए । 

उनले भने, "समाज भनेको राजनीतिमात्रै होइन, अरु पनि पक्ष छन् जस्तो लागेको छ । धर्म, जिम्मेवारीको अर्को झनै महत्वपूर्ण पाटो छ, जस्तो महशुस भयो ।"

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro