site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केदार कार्कीको दाबी ‘संवैधानिक’, प्रदेश प्रमुख भन्छन्– परम्परा हेरेर नियुक्त गर्छु

विराटनगर । कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ को मर्मअनुरूप नै नेकपा (एमाले) र कांग्रेसका आठ सांसदले मुख्यमन्त्रीमा दाबी गरेको पाइएको छ । यस उपधारामा ‘प्रदेशका कुनै सांसदले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने’ व्यवस्था छ ।

“कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ को मर्मलाई आत्मसात गर्दै दाबी पेस भएको छ ।”

मुख्यमन्त्रीमा दाबी पेस गर्ने सदस्यलाई समर्थन गर्दा संसदीय दलको ह्विपसमेत नलाग्ने व्यवस्थाका कारण पनि बिहीबार एमाले र कांग्रेसका सांसदले बहुमत (४७ जना) पुर्‍याएर मुख्यमन्त्रीमा केदार कार्कीलाई अघि सारेका हुन् । दाबी पेस गर्दा एमाले र कांग्रेसका सांसदले दलसमेत उल्लेख नगरी हस्ताक्षर बुझाएका छन् ।

कार्कीलाई समर्थन गरेका कांग्रेस सांसद रामकुमार खत्रीले भने, “कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ को मर्मलाई आत्मसात गर्दै दाबी पेस भएको छ ।”

दुईजनाको दाबी परेपछि प्रदेश प्रमुख पुर्शुराम खापुङले मुख्यमन्त्रीमा कसैलाई नियुक्त गरेका छैनन् ।

नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र कांग्रेस सांसद केदार कार्कीले बहुमत पुग्ने संख्या ४७ नै पुर्‍याएर सरकार गठनमा दाबी पेस गरेका छन् । 

दुई पक्षको दाबीपछि प्रदेश प्रमुख खापुङले संवैधानिक व्यवस्था हेरेर मात्र मुख्यमन्त्री नियुक्न गर्ने तयारी थालेका छन् । सरकार गठनका लागि आह्वान भएको सूचनाअनुरूप थप एकदिन अवधि बाँकी रहेको भन्दै उनले सांसदहरूसँगै छलफल गरेर संवैधानिक व्यवस्था र परम्पारसमेत हेर्ने बताएका छन् ।

“हामीले दाबी पेस गर्न दिएको अवधि अझै एक दिन बाँकी छ । दुईवटा दाबी परेका छन् । यसमा संविधानको व्यवस्था र अन्य परम्परा के छ हेरेर अघि बढ्छौँ,” प्रदेश प्रमुख खापुङले भने‍ ।

उनले सरोकारवाला सबै पक्षसँग छलफल गरेर निर्णय लिने बताएका छन् ।

माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेको एक घण्टापछि कांग्रेस सांसद कार्कीले दाबी पेस गरेका थिए ।

दुईवटै दाबीमा ४७ सांसदको संख्या उल्लेख छ । आङ्बोले गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् । उनले दाबी पेस गर्दा कांग्रेस संसदीय दलका नेता उद्धव थापा र प्रमुख सचेतक भुपेन्द्र राई साथमा थिए ।

कार्कीलाई समर्थन गरेका कांग्रेस सांसदको समर्थन पनि आफूलाई नै रहेको दाबी गर्दै आङ्बोले भने, “हामीले गठबन्धनको तर्फबाट दाबी पेस गरेका छौँ ।”

कांग्रेसका २९ मध्ये आठ सांसदले आफूहरू सशरीर प्रदेश प्रमुख कार्यालयमा उपस्थित भएर हस्ताक्षर बुझाएको बताउँदै आङ्बोले हस्ताक्षरको दुरुपयोग गरेको बताए । कांग्रेस सांसद शम्शेर राईले भने, “हामीले आङ्बोलाई समर्थन गरेका छैनौँ । हस्ताक्षर दुरुपयोग भएको छ ।”

कांग्रेसका कार्कीले आफूले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुख्यमन्त्रीमा दाबी पेस गरेको बताए ।

“एमालेका सबै सांसदले संविधानको धारा १६८ को उपधारा ५ को मर्मअनुरूप नै मलाई समर्थन गर्नुभएको छ । सम्भावित मध्यावधि रोक्न यो पहल लिएका हौँ,” कार्कीले भने । 

आफूलाई समर्थन गर्ने सांसदले सशरीर प्रदेश प्रमुखसमक्ष उपस्थित भएर हस्ताक्षर सनाखत गरेकाले पनि आफूहरूको बहुमत प्रस्ट रहेको दाबी गरे ।

“माननीय केदार कार्कीले बहुमत पुग्ने संख्या ल्याउनुभयो, हामीले समर्थन गर्‍यौँ ।”

एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफूहरूले पहिले नै बहुमत पुर्‍याउन सक्ने अवस्था सिजर्ना गर्ने कुनै पनि दलका सांसदलाई समर्थन बताएको जिकिर गरे ।

“माननीय केदार कार्कीले बहुमत पुग्ने संख्या ल्याउनुभयो, हामीले समर्थन गर्‍यौँ,” भण्डारीले भने, “मध्यावधि रोक्न एमालेले कुनै पनि दलका सांसदसँग सहकार्य गर्ने छ पहिल्यै भनेका थियौँ । कोसीमा उपधारा ५ को पूर्ण र व्यवहारिक प्रयोग भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro