site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उद्धव थापा भन्छन् : कार्की समूहले निर्णय फिर्ता नलिए कारबाही 

काठमाडौं । कोसी प्रदेशमा गठबन्धन र दलको निर्णय विपरीत मुख्यमन्त्रीमा शेखर समूहले केदार कार्कीलाई अघि बढाएपछि कांग्रेसभित्र भाँडभैलो भएको छ । 

बिहीबार कोसीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा निर्णय भएको थियो ।  उक्त निर्णय विपरीत शेखर समूहले एमालेको सहयोगमा कार्कीलाई मुख्यमन्त्रीमा अघि बढाएको हो । 

प्रदेश सभापति समेत रहेका संसदीय दलका नेता उद्धव थापाले दलको ह्विप नलाग्ने भए पनि शेखर समूहको गतिविधिमा पार्टी अनुशासन लाग्ने बताए । उनले एकपटक दाबी फिर्ता लिन आग्रह गर्ने र त्यसो नभए कारबाही गर्ने उनले बताए । 

“पार्टीको निर्णय विपरीत उहाँहरु जानुभयो । यसम ह्विप नलागे पनि पार्टी अनुशासन लाग्छ । हामी एकपटक अनुरोध गर्छौं । फिर्ता नभए दलको विधानअनुसार कारवाही हुन्छ,” थापाले बाह्रखरीसँग भने ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro