site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आङ्बोको दाबी : कांग्रेसका आठ सांसद हामीसँगै छन्

काठमाडौं । कोसी प्रदेशमा मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका केदार कार्कीसहितको हस्ताक्षर प्रयोग गरेर माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोको दाबी प्रस्तुत गरेका छन् । तर, नेपाली कांग्रेसका आठ सांसदले भने प्रदेश प्रमुखकोमा आफैँ उपस्थित भएर आङ्बोलाई समर्थन नरहेको भन्दै केदार कार्कीका पक्षमा हस्ताक्षर गरेका छन् । 

कांग्रेसका आठ सांसद आफ्नै नेतृत्वको सरकार गठनको पक्षमा रहेको र बहुमत समेत पुर्‍याएको भन्दै आङ्बोको समर्थनमा भएको हस्ताक्षर झुठो भएको उनीहरूको दाबी छ ।

Dabur Nepal
NIC Asia

केदार कार्कीको समर्थनमा देउवा समूहमा रहेका हिमाल कार्कीले पनि हस्ताक्षर गरेका छन् । उनले बिहीबार नै संसदीय दलको उपनेताबाट राजीनामा दिएका थिए ।  यसँगै कार्कीको पक्षमा समर्थन दिने सांसदको संख्या ४८ पुगेको छ । 

९३ सदस्य रहेको कोसी प्रदेशमा ४७ मत ल्याउनेको बुहमत पुग्छ । कार्कीलाई नेकपा (एमाले)का ४९ र कांग्रेसका नौ सांसदले समर्थनमा हस्ताक्षर गरेका छन् । 

“हामीले ३९ सांसदको हस्ताक्षरसहित केदार कार्कीलाई समर्थन दिएका छौँ,” एमालेका नेता तथा प्रदेश सांसद रेवतीरमण भण्डारीले बाह्रखरीसँग भने, “उहाँले कांग्रेसबाट आठ सांसदको समर्थन लिनुभएको छ । अब उहाँको पक्षमा स्पष्ट बहुमत पुगेको छ ।” 

उनले माअ‍ोवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले अर्कै प्रयोजनका लागि भएको सांसदहरूको हस्ताक्षर बुझाएको भन्दै त्यसले वैधानिकतामा प्रश्न उठाएको बताए । 

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शमशेर राईले भने मुख्यमन्त्रीमा माओवादी केन्द्रलाई समर्थन गर्नेगरी संसदीय दलमा छलफलसमेत नभएको बताए । उनले संसदीय दलमा छलफलसमेत नभएको विषयमा समर्थन दिनेगरी हस्ताक्षर सम्भव नभएको भन्दै आफूसहितको हस्ताक्षर दुरुपयोग गरिएको बताए । 

“माओवादी केन्द्रलाई समर्थन दिने विषयमा हाम्रो संसदीय दलमा छलफलसमेत भएकोृ छैन । संसदीय दलको ह्वीप नलाग्ने संविधानको धारा अनुरुपको सरकार गठनमा हामी आफ्नै नेतृत्वमा सरकार गठनमा लागेका छौँ,” राईले भने, “यस्तोमा हाम्रो हस्ताक्षर दुरुपयोग भएको छ । हामी केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गछौँ र उहाँलाई नै मुख्यमन्त्री बनाउँछौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro