site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस संस्थापन पक्ष भन्छ– यस्तो हुन्छ भन्ने लागेन, अकस्मात भयो 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले कोसी प्रदेशको मुख्यमन्त्रीको विषयमा शेखर समूहले अकस्मात निर्णय गरेको टिप्पणी गरेको छ । 

बाह्रखरीसँग कुराकानी गर्दै पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति शेरबहादुर देउवाले मिलाउन खोजेपनि परिस्थिति अर्कै बनेको बताए । 

KFC Island Ad
NIC Asia

“जसको नाममा प्रस्ताव भयो उहाँको उताउलो गतिविधि थियो नै । सभापतिजीले सम्झाइ बुझाई गर्न खोज्नुभएको हो,” उनले भने, “यस्तो होला भन्ने लागेन, सबै आकस्मिक भयो ।”

प्रचार विभाग प्रमुख विश्वकर्माले अब के गर्ने भन्ने विषयमा पार्टीले बसेर निर्णय गर्ने बताए । 

Royal Enfield Island Ad

“एक वा दुईजना भए पार्टीले कारबाही गर्ने कुरा आउँथ्यो । अब समूहको कुरा भएको र त्यो पनि विषम परिस्थितिमा भएकाले पार्टीले बसेर छलफल गर्नुपर्ने हुन्छ,” उनले थपे, “प्रदेश संसदीय दलको बैठक बस्ला । दुवैतिर हाम्रो सांसदको हस्ताक्षर भएको छ त्यसका भेरिफाइ होला अनि पार्टी बसेर निर्णय हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro