बाह्रखरी फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र लाओसबीचको खेल हेर्न दशरथ रंगशाला पुगेका छन् । नेकपा (एमाले) अध्यक्षसमेत रहेका ओली बिहीबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका हुन् ।
खेल हेर्न नेपाली समर्थकको पनि राम्रो उपस्थिति छ ।
फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गरिरहेको छ । दोस्रो लेगका लागि नेपाली टिम लाओस जाने छ ।
छनोटको दोस्रो लेग असोज ३० गते हुने छ ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १७:५८
प्रतिक्रिया दिनुहोस्