site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अब लाइसेन्सको राजस्व अनलाइनबाट तिर्न सकिने, लाइन बस्नुपर्ने झन्झट हट्दै

काठमाडौं । वाग्मती प्रदेश सरकारले यस अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूमा लाइसेन्स (सवारी चालक अनुमतिपत्र)को राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने प्रणाली लागु गर्ने भएको छ ।

बिहीबार यातायात व्यवस्था कार्यालय एकान्तकुनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यसको उद्घाटन गरेका छन् ।

एकान्तकुना कार्यालयमा यो सेवा सञ्चालनमा आउने भएको छ । भोलि (शुक्रबार)देखि एकान्तकुना कार्यालयका सेवाग्राहीले लाइसेन्सको राजस्व अनलाइबाटै भुक्तानी गर्नसक्ने भएका हुन् ।

अनलाइन भुक्तानी प्रणाली सुरु भएसँगै सेवाग्राहीले कार्यालयमा लाइन लाग्नुपर्ने अवस्था कम हुँदै जाने मन्त्री ज्वालाले बताएका छन् ।

यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी इश्वरीदत्त पनेरुले विस्तारै अब प्रदेशका अन्य कार्यालयहरूमा पनि अनलाइन भुक्तानी प्रणाली लागु हुने बताएका छन् ।

Global Ime bank

सुरुमा गण्डकी प्रदेशको कास्कीबाट परीक्षणका रूपमा अघि बढेको यो सेवा अब, विस्तारै देशभरका कार्यालयहरूमा लागु हुने उनले बताए ।

“गण्डकी प्रदेशका तीन वटा यातायात व्यवस्था कार्यालय (कास्की, बाग्लुङ र तनहुँ)मा अनलाइनबाटै भुक्तानी गर्नसकिने सेवा लागु भइसकेको छ । त्यसपछि अहिले एकान्तकुनामा लागु भएको हो । विस्तारै अन्य कार्यालयहरूमा पनि हुन्छ,” विभागका सूचना अधिकारी पनेरुले भने ।

योसँगै अब मेडिकल, बायोमेट्रिक र लिखित एवं ट्रायल भौतिक उपस्थिति हुनै पर्ने कामका लागि बाहेक अन्य सबै अनलाइनबाटै हुने भएको उनको भनाइ छ । 

आवेदन दिने, राजस्व तिर्ने, नवीकरणको राजस्व तिर्ने र पुनः ट्रायल दिँदा तिर्नुपर्ने जस्ता रकम अनलाइनबाट भुक्तानी गर्न सकिनेछ ।

लाइसेन्स प्रक्रिया पूर्णरूपमा अनलाइन प्रणालीमा, भिड हट्ने

यसपछि उपत्यकासहित प्रदेश अन्तर्गतका कार्यालय र त्यसपछि देशभरकै कार्यालयहरूमा यो प्रणाली लागु गरिने भएको छ । 

पहिलो पटक नै देशभर एकैचोटी अनलाइन भुक्तानी लागु गर्दा समस्या आउनसक्ने भएका कारण केही कार्यालयमा परीक्षण गर्दै लागु गर्दै जानुपर्ने भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu