site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाबाहेकका दलहरूमा राणा शासन कायम छ : सभापति लामिछाने
फाइल तस्बिर ।

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दलहरूमा अझैपनि राणा शासन कायम रहेको बताएका छन् । 

बिहीबार रास्वपा र गैरआवासीय नेपाली संघले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरूमा राणा शासन कायम रहेको बताएका हुन् । अझै पनि दलहरुले आफ्नो मान्छेलाई भर्ति गर्ने गरेको उनको भनाइ छ । 

उनले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायम रहेको बताए । 

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गरे । 

उनले आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने बताए । 

उनले भने, "हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ । समावेशी लोकतन्त्रभित्र आइपुगेका छौँ । तर रास्वपाबाहेकका दलहरूमा अझैपनि राणा शासन कायम रह्यो । जसले गर्दाखेरी मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्दाखेरी पनि आफ्ना मान्छेहरूले भर्ति पाउने, चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायमै रह्यो ।"

सभापति लामिछानेले विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न सरकार उदासिन देखिएको बताए । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न आदेश दिएको एक दशक बित्दा समेत कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro