site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नियन्त्रणमुखी नीतिले उद्योगी व्यवसायीलाई समस्यामा पारेको छ : कार्यवाहक अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघका कार्यवहाक अध्यक्ष वीरेन्द्रराज पाण्डेले नियन्त्रणमुखी राज्यको नीतिले उद्योगी व्यवसायीलाई समस्या परेको बताएका छन् । 

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस–सुधारका लागि सहकार्य’ कार्यक्रममा बोल्दै यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

अहिले बजारमा व्यवसायी तथा उपभोक्ताले खर्चमा कटौती गरिरहेकोले बजारमा पैसा नगएको उनको भनाइ छ ।

“हामीले अर्थतन्त्रमा भएको समस्या समाधान तथा सुधार गर्न सरकारलाई सुझाव दिएका थियौं । तर, हाम्रो सुझाव सुनुवाइ भएन । अहिले हाम्रो अर्थतन्त्रमा शिथिलता, मन्दीदेखि डिप्रेसनको अवस्थामा छ,” उनले भने, “बजारमा अहिले पैसा गएको छैन । यसरी अर्थतन्त्र चलायमान हुन सक्दैन । घरपरिवारले अतिआवश्यकभन्दा बढी खर्च नगरेको अवस्था छ । सरकारले केही निर्णय नलिए अर्थतन्त्र छोटो समयमा नै डिप डिप्रेसनमा जाने चिन्ता छ ।”

विदेशी ऋण दाताको नीति नियम यो समयमा लागु गर्न नहुने उनले बताए । बैंकमा पैसा भए पनि ब्याजदर महँगो भएर लिन सक्ने अवस्था नभएको उनले बताए ।

आन्तरिक उत्पादनलाई सरकराले प्राथमिकता दिनुपर्ने उनले बताए । राजनीतिक मुद्दामा भन्दा आर्थिक मुद्दालाई अहिले नेतृत्व केन्द्रित भएको पनि उनले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro