site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सुदूरपश्चिममा भीम रावल पक्षलाई दुई उपसचिव 

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले पार्टी सुदूरपश्चिम अधिवेशनमा निम्ता पाएनन् । असोज २१ गते धनगढीमा अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दा रावल पनि धनगढीमै थिए । तर, निम्ता नपाउँदा उनी सहभागी भएनन् ।

अधिवेशनमा उनी सहभागी नभए पनि सुरुवातमा रावल पक्षले अध्यक्षका उमेदवार कमल तिमिल्सिनलाई साथ दिएको थियो । तर, अछामका तिमिल्सिनाले स्थायी कमिटी सदस्य कर्ण थापाले साथ दिएका कृष्णप्रसाद जैसीको नाममा सहमति जनाउन सकारात्मक देखिए । उनी सकारात्मक देखिएपछि उमेदवारी दर्ता गर्दा रावल पक्षले भरत साउदलाई अध्यक्षको उमेदवारको रूपमा अघि सार्‍यो ।

एमाले सचिव लेखराज भट्टले अघि बढाएका वचनबहादुर सिंह र तिमिल्सिनाले उमेदवारी फिर्ता लिँदा पनि साउद उमेदवारी फिर्ता लिन तयार भएनन् । पाँच पदाधिकारीमध्ये दुई पद आफूहरूलाई चाहिने अडान रावल पक्षको थियो । 

आज बिहान मात्रै बाह्रखरीसँगको कुराकानीमा साउदले दुई उपसचिव पाए आफू उमेदवारी फिर्ता लिने बताएका थिए । 

अन्ततः रावल समूहका भागरथी विष्ट र नरबहादुर विक उपसचिव बनेका छन् । रावल पक्षले दुई पदाधिकारी पाउँदा एमाले सुदूरपश्चिमका पाँचै पदाधिकारी सर्वसम्मत भएका छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro