site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जित 

काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्जकप–२०२३ को प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको छ ।

बुधबार श्रीलंकाको कोलम्बोस्थित सुगाथादसा इन्डोर रंगशालामा सम्पन्न खेलमा नेपालले पहिलो सेट २५–१९ ले जितेको थियो । तर, यसपछि लगातार दुई सेट गुमाउँदा नेपाल पराजयको संघारमा पुगेको थियो । तर, त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै नेपालले अफगानिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा हराएको हो । 

नेपालले दोस्रो र तेस्रो सेट क्रमशः १९–२५, २२–२५ ले गुमाएको थियो । तर, त्यसपछि चौथो सेट नेपालले २५–२१ ले जित्यो । पाँचौँ तथा अन्तिम सेट नेपालले १५–१० ले जित्दै नतिजा आफ्नो पक्षमा ल्याएको हो ।

प्रतियोगितामा तेस्रो खेल खेलेको नेपालको यो दोस्रो जित हो । नेपालले यसअघि पहिलो खेलमा बंगलादेशलाई ३–१ को सेटमा हराउँदा दोस्रो खेलमा भने घरेलु टिम श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो ।

अफगानिस्तानको भने यो पहिलो हार हो । यसअघिका दुई खेलमा अफगानिस्तानले पहिलो खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

श्रीलंकामा जारी प्रतियोगिताको दोस्रो संस्करणमा नेपाल र अफगानिस्तानसँगै साउदी अरेबिया, उज्वेकिस्तान, बंगलादेश र घरेलु टिम श्रीलंकाले प्रतिस्पर्धा गरिरहेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro