site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संस्थापन समूह सूची पढ्ने तयारीमा, साउदसहितको असहमति

काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम अधिवेशनमा अध्यक्षका उमेदवार भरत साउद, सचिवका उमेदवार रतन रेग्मी र उपसचिवका उमेदवार नरबहादुर विकले सहमतिको नाममा नेतृत्व चयन गर्न लागिएको भन्दै असहमति जनाएका छन् ।

उनीहरुले अध्यक्ष मण्डल र प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालाई सहमतिका नाममा निर्वाचन प्रक्रियामा उमेदवार नभएकाहरुको सूची पढ्ने प्रपञ्च भइरहेको भन्दै ध्यानकर्षण बुझाएका हुन् ।

आफूहरुसँग छलफल नै नगरी नाम घोषणा गरे सहमति नजनाउने पत्रमा उल्लेख छ । उनीहरुलाई एमालेका पूर्वउपाध्यक्ष भीम रावल पक्षको साथ छ ।

एमाले सुदूूरपश्चिम अधिवेशनमा साउद, कृष्णप्रसाद जैसी, बचनबहादुर सिंहको उमेदवारी छ । कमल तिमिल्सिना भने अध्यक्षको उमेदवारीबाट पछि हटेका छन् ।

स्थायी कमिटी सदस्य कर्ण थापाको साथ पाएका जैसीलाई अध्यक्ष बनाउने गरी सहमतिको तयारी भएको नेताहरु बताउँछन् । अधिवेशनमा तिमिल्सनालाई प्रदेश अध्यक्ष दामोदर भण्डारी, सिंहलाई सचिव लेखराज भट्टले साथ दिएका छन् ।

तिमिल्सिना केन्द्रीय सदस्य बन्ने गरी जैसीलाई अध्यक्ष बनाउन सकारात्मक रहेको नेताहरुको भनाइ छ । साउद र सिंहले भने निर्वाचन नै हुनुपर्ने अडान लिएका छन् ।

निर्वाचन समितिले कार्यातालिका परिमार्जन गर्दै २ बजेदेखि हुने जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro