site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेशसभामा संघीय सरकारको ध्यानाकर्षण प्रस्ताव
Tiktok banner adTiktok banner ad

मकवानपुर । वाग्मती प्रदेशसभाको आज साँझ बसेको बैठकमा प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले काठमाडौं–धादिङ सुरुङमार्ग निर्माणका क्रममा स्थानीयवासीले झेल्नु परेका समस्याबारे संघीय सरकारको ध्यानाकर्षण गराउँदै प्रस्ताव प्रस्तुत गरेका छन् ।

सुरुङमार्ग निर्माणको क्रममा त्यस भेगका करिब एक हजार दुई सय परिवारले स्वच्छ पानीको अभाव झेल्नु परेकाले संघीय सरकारले उनीहरूको समस्यालाई यथाशीघ्र समाधान गर्न प्रदेशसभा सदस्य पोखरेलले आग्रह गरे ।

ती क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सिँचाइको व्यवस्था गर्न र वातावरण प्रदूषण नियन्त्रण गरी प्रभावित क्षेत्रका विपन्न नागरिकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनेतर्फ संघीय सरकारले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए ।

सभामुख भुवनकुमार पाठकले उनको ध्यानाकर्षण प्रस्तावलाई संघीय सरकारको ध्यानाकर्षण गरी आवश्यक कारबाही अगाडि बढाउन प्रदेश सरकारलाई निर्देशन दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro