site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सुदूरपश्चिम नेतृत्व : अझै ‘पिक्चर’ आएन !

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्वका निम्ति सहमतिको प्रयास जारी छ । नेतृत्वका आकांक्षीबीच सहमति जुटाउने कोसिसमा नेताहरू लागेपछि बन्दसत्र अझै सुरु भएको छैन ।

पार्टीको पहिलो प्रदेश अधिवेशन उद्घाटनसत्रका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व टुंग्याउन निर्देशन दिएका थिए । सहमतिबाटै नेतृत्व छान्न महासचिव शंकर पोखरेल धनगढीमै छन् ।

प्रदेश इन्चार्ज एवं सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य कर्णबहादुर थापालगायत नेताले सहमतिको प्रयास गरिरहेका छन् । उनीहरूले पोलिटब्युरो, केन्द्रीय सदस्य, जिल्ला अध्यक्षलगायत नेतासँग छलफल गरिरहेका छन् ।

अध्यक्षमा कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र बचनबहादुर सिंहले दाबी गरेका छन् । बिहानैदेखि सहमतिको प्रयास भए पनि अझै केही निष्कर्ष ननिस्किएको एक नेताले बताए । सोमबार बिहानदेखि सुरु हुने भनिएको बन्दसत्र सोही कारण धकेलिएको उनको भनाइ छ ।

“सहमति कि निर्वाचनको सम्भावना उस्ताउस्तै छ,” ती नेताले बाह्रखरीसित भने, “अझै पिक्चर आइसकेको छैन ।”

ती नेताका अनुसार निर्वाचन नै भए जैसी र तिमिल्सिनाबीच प्रतिस्पर्धा हुने सम्भावना प्रबल छ । स्थायी कमिटी सदस्य थापा जैसीको नाममा सहमति हुनुपर्ने पक्षमा छन् ।

“कृष्णप्रसादजीको नाममा सहमति गरौँ भन्ने हो,” उनीनिकट स्रोतले भन्यो, “सहमति नभए स्वस्थ प्रतिस्पर्धा हुन्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro