बाह्रखरी फोटो
काठमाडौं । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । टिकट बुकिङ खुला गरिएसँगै गोंगबुस्थित नयाँ बसपार्कमा मानिसको भीड लागेको छ । पहिलो दिन नै मानिस टिकट बुकिङका लागि बसपार्क पुगेका हुन् ।
दसैँ मनाउन आफ्नो गाउँघर जान अग्रिम टिकट बुकिङ गर्ने मानिसको बसपार्कमा घुइँचो देखिएको हो । यो वर्षको दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्री बाहिरिने अनुमान छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० १०:०३
प्रतिक्रिया दिनुहोस्