site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युत् विधेयकमाथिको सैद्धान्तिक छलफल : खोलालाई गोजीमा हाल्ने प्रवृत्ति नआओस्
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा विद्युत् विधेयक २०८० माथिको सैद्धान्तिक छलफल सुरू भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेपछि सैद्धान्तिक छलफल सुरू भएको हो ।

छलफलमा भाग लिएर बोल्ने सांसदहरूले विद्युत् विधेयकले झोलामा खोला भन्ने आरोपलाई थप पुष्टि गर्ने खेल नहोस् भन्ने चाहेको उल्लेख गरे । उनीहरुले झोलामा खोलाको सट्टा ‘गोजीमा खोला’ भन्ने नयाँ भाष्य बन्न नहुने धारणा राखे । सैद्धान्तिक छफलफमा बोल्दै सांसद रामहरि खतिवडाले यस्तो माग राखेका हुन् ।

यस्तै, पूर्वऊर्जामन्त्री वर्षमान पुनले पनि खोलालाई झोलामा हाल्ने जस्ता प्रवृत्ति अन्त्य गरिनुपर्ने धारणा राखे । “खोलालाई झोलामा बोेकेर हिँड्ने भन्ने प्रचलन आएको थियो । खोलालाई गोजीमा हाल्ने प्रवृत्ति नआओस्,” उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सैद्धान्तिक छलफलमा भाग लिएका सांसदहरूले विद्युत् परियोजना निर्माणको समयमा जग्गाको मुआब्जाको समस्या बढ्दो रहेको भन्दै त्यसलाई समाधान गर्नुपर्ने धारणा राखे । सांसदहरुले वैदेशिक लगानी ल्याउँदा निजी क्षेत्रलाई असर गर्ने गरी ल्याउनु नहुने धारणा राखे ।

पूर्वऊर्जामन्त्री तथा सांसद वर्षमान पुनले तीन दशकपश्चात् विधेयक ल्याउनु सकारात्मक र उच्च प्रशंसायोग्य काम भएको धारणा राखे । उनले नेपालको ऊर्जा क्लिन एन्ड ग्रिन इनर्जी भएको उल्लेख गरे ।

Royal Enfield Island Ad

“प्राकृतिक स्रोत जलस्रोतको बहुउद्देश्यीय उपयोग कसरी गर्ने, यसमा एक खालको डिपार्चर गर्न खोजेको देखिन्छ,” उनले भने, “संघीय इकाइ रहेको बीचमा जिम्मेवारी बाँडफाँट गर्ने कुरा छ । यसलाई प्रतिस्पर्धी ठाउँमा लाने भन्ने कुरा छ ।”

एमाले सांसद गोकुल बास्कोटा तथा अर्का सांसद रघुजी पन्तले भने विधेयक समयसापेक्ष नभएको उल्लेख गरे । बास्कोटाले ‘कासी जानु कुत्तिको बाटो समाएर’ शैली विधेयक आएको भन्दै आलोचना गरे । उनले नेपाली उत्पादकलाई कसरी प्रोमोट गर्न सकिन्छ ? यसतर्फ ध्यान नगएको उल्लेख गरे । उनले विद्युत् प्राधिकरणको विषय पनि उठाए ।

“विधुत प्राधिकरण उत्पादक, व्यापारी, नियमन, लाइसेन्स जारी सबै आफै गर्ने, यी चिजलाई कसरी हेरिन्छ ? किन उत्पादन भएको चिज केन्द्रीय प्रसारण लाइनमा जोडिएन ? काठको पोल कसरी व्यवस्थापन हुन्छ ?,” उनले भने, “यी विषय र समाजवादका आधारशिला निर्धारण गर्ने यही क्षेत्र हो । यसलाई ध्यान दिइएको छैन ।”

अर्का सांसद रघुजी पन्तले विधेयक आए पनि पूर्ण ढंगले नआएको बताए । उनले संविधानको मर्मबमोजिम विद्युत् विधेयक आउन नसकेको धराणा राखे ।

“जलस्रोतको संरक्षणसम्बन्धी मापदण्ड विधेयकमा पर्न जरुरी छ । यो विधेयकले बिजुलीको कुरा गर्यो, पानीको कुरा भएन । पानी जोगाउन र अधिकार जोगाउन ठोस् ऐन छैन,” उनले भने, “विधेयकले अरु माध्यमबाट उत्पादन हुने बिजुलीको बारमा बोलेको छैन, घाम, हावाबाट । त्यसैले यो विधेयक जलविद्युत् विधेयक हुनुपर्छ ।”

उनले नेपालको पानीमाथिको अधिकारलाई राष्ट्रिय हितको दृष्टिकोणले कसरी सुरक्षित गर्ने भन्ने कुरा विधेयकले समेट्न नसकेको धारणा राखे ।

सांसद अब्दुल खानले ४२ हजार बढी व्यावहारिक विद्युत् उत्पादन गर्न सकिने भन्दै दुई हजार मात्र मेगावट विद्युत् उत्पादन भएको बताए । जनताबाट चर्को मूल्य लिने विषय समेटिएकोमा आपत्ति जनाए । उनले भारतभन्दा पहिले नेपालले विद्युत् उत्पादन गरेको र अहिले पछाडि परेको भन्दै यसमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

लेखकको प्रस्ताव : तीन विषयमा ध्यान दिऔँ

सांसद रमेश लेखकले नेपालले आर्थिक विकासका लागि सर्वाधिक महत्वको कानुन बनाउन गएको भन्दै विद्युत आर्थिक विकासको मेरुदण्ड भएको बताए । उनले यो अर्थतन्त्रको मेरुदण्डको क्षेत्र भएकाले विशेष महत्व दिएर हेर्नलाई आग्रह गरे ।

सांसद लेखकले संविधानले तीनखम्बे अर्थनीति अवलम्वन गरेको भन्दै सरकारी क्षेत्रलाई बढी महत्व दिएर निजी क्षेत्रलाई कमजोर आँकिएको हो कि भन्ने कुरा उल्लेख गरे ।

लेखकले उत्पादनमा वैदेशिक लगानीलाई आकर्षण गर्न जरुरी रहेको भन्दै आन्तरिक तथा निजी लगानीलाई पनि सुरक्षा दिनुपर्ने धारणा राखे । उनले सस्तो गुणस्तरीय सुलभ र सस्तो मूल्यमा जनतालाई विद्युत् दिनुपर्ने जिकिर गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro