site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलमा सर्वसाधारणलक्षित आक्रमण निन्दनीय : राप्रपा 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा सर्वसाधारण समेतलाई लक्षित गरी गरिएको आक्रमणको निन्दा गरेको छ ।

“आमसर्वसाधारण समेतलाई लक्षित गरी गरिएको उक्त आक्रमण निन्दनीय छ,” राप्रपाद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

हमासद्वारा इजरायलमा गरिएको आक्रमणमा परी कैयौँ सर्वसाधारणसहित नेपाली नागरिक पनि गम्भीर घाइते भएको खबरले चिन्तित बनाएको राप्रपाले जनाएको छ ।

“उक्त आक्रमणमा परेका र सम्भाव्य जोखिममा रहेका नेपाली नागरिकहरूको यथाशीघ्र उपचार तथा उद्धारको व्यवस्था मिलाउनको लागि नेपाल सरकार, इजरायलस्थित नेपाली राजदूतावास तथा अन्य स्वयंसेवी संघसंस्थाहरूलाई अनुरोध गर्दछौँ,” राप्रपाले भनेको छ ।

शनिबार बिहान हमासले अचानक इजरायलमाथि आक्रमण सुरु गरेको थियो । त्यसपछि हमास र इजरायलको सेनाबीचको संघर्ष जारी छ ।

सो क्षेत्रमा ११ नेपाली सम्पर्कविहीन छन् । घाइते १० नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro