देश
काठमाडौं । नेपालगञ्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञाको समय खुकुलो पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेद्धारा जारी विज्ञप्तिमा कर्फ्युको समय घटाएको छ । शनिबार राति ८ बजेदेखि जारी गरिएको कर्फ्यु आइतबार बिहान ४ बजे हटाइएको छ ।
त्यस्तै, आज राति १० बजेदेखि सोमबार बिहान ४ बजेसम्म पुनः कर्फ्यु जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार आइतबार बिहान १० बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा लगाइएको छ । यो अवधिमा भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० ०९:३५
प्रतिक्रिया दिनुहोस्