site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उल्टो भएको शिक्षा विधेयकलाई सुल्टो बनाउनुपर्छ : गगन थापा
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

विद्यालयमा पढिरहेको विद्यार्थी पढिसकेपछि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने गरेको उनले बताए । थापाले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्‍याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताए ।

वृहत् छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको भन्दै थापाले शिक्षण पेशालाई आकर्षक, मर्यादित पेशा बनाउनुपर्ने बताए । शिक्षकहरुको तलब सबैभन्दा उच्च हुनुपर्ने भन्दै उनले शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्ने बताए ।

Global Ime bank

थापाले एक वर्ष नै लागे पनि यो संसद्ले विधेयक बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्ग दर्शन गर्ने गरी बनाउनुपर्ने बताए । उनले भने, “एक वर्ष नै लागे पनि यो संसद्ले यो कानुन बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्ग दर्शन गर्नुपर्नेछ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement