site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मनाङ । हिमाली जिल्ला मनाङ आउने क्रममा भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चार्ल्स केथ डेभिज रहेका छन् ।

डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै थिए । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत नासों गाउँपालिका–३, खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा बुधबार राति उनी करिब १०० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेका मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पतालमा ल्याएको थियो । उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए ।

डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबार त्रिवि शिक्षण अस्पताल काठमाडौं लगिएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro