site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले नेपालगञ्जका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । 

बिहीबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

सर्वोच्चले असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न भनेको छ ।

Dabur Nepal
NIC Asia

"यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सोसमेत खुलाई प्रत्यर्थी मध्येका रिगल ढकाललाई आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थीहरूको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४६ (१) बमोजिम मिति २०८०।०६।२४ गते साँझ ५:०० बजेभित्र लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना तत्काल तामेल गराउनू," आदेशमा भनिएको छ । 

संविधान दिवसको अवसरमा ३ असोजमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगलको कैद मिनाहा गरेका थिए ।

मानन्धरकी पत्नी भारतीले सोही निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएकी थिइन् । 

रिगल घटना भएकाले बेला नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए ।  हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 

साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।  रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । 

386875447_1005980450673210_3876617952979105000_n-(1)-1696505828.jpg

386431299_226246963779587_5394264937298042194_n-1696505828.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro