site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती
Sarbottam CementSarbottam Cement

गण्डकी । सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् । उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको छ । 

सोह्र श्राद्धलाई लक्षित गरी मंगलबार नवलपुरबाट हिँडेका सरोज ढकाल र उनको परिबार बेलुका गलेश्वर आएर बस्यो । बुधबार बिहानै मुस्ताङका लागि हिँडेका उनीहरू त्यहाँबाट करिब दुई तीन किलोमिटरको दूरीमा पुग्दा सडकमाथिबाट खसेको पहिरोले अघि बढ्नसक्ने अवस्था रहेन । ढकाल परिवार त्यहाँबाट सुरक्षित भई बस्नका लागि पुनः गलेश्वर नै फर्कियो ।

Prabhu Bank
Agni Group
NIC Asia

दिउँसो ३ः३० बजे पहिरो पन्छाएपछि मात्रै उनीहरू मुस्ताङतर्फ अघि बढे । ढकाल परिवार जस्तै यस सडकखण्डमा यात्रा गर्ने जो कोही पनि यो समस्या दिनानुदिन भोग्दै आएका छन् । बुधबार बैसरीदेखि रुप्सेलगायत पाँच ठाउँमा पहिरो गएको थियो । मंगलबार पनि दिनभर जस्तै उक्त क्षेत्रका पहिरोका कारण पर्यटकले सास्ती भोग्नुपरेको थियो ।

बैसरीको पहिरोको कष्टले पर्यटकलाई सास्ती भएको बताउने ‘पुन होटेल’ बैसरीका सञ्चालक जसमाया पुन यहाँको पहिरोको जोखिम आफूहरूका लागि दैनिकी जस्तै बनेको बताउँछन् । वर्षामा यहाँ जाने गरेका पहिरोले बेनीसम्म आउन जान पनि निकै समस्या हुने गरेको बताउँदै पुनले हिउँद लागिसके पनि समस्या उस्तै रहेको सुनाए ।  

Global Ime bank

“दिनदिनै जाने गरेको पहिरोले बाटो अवरुद्ध हुँदा पर्यटकले निकै कष्ट पाउने गरेका छन्”, उनले भने, “वर्षौंदेखिको समस्या समाधान नहुँदा स्थानीयले भोग्ने गरेका दुःख त कति छन् कति ।”
    
उक्त खण्डमा निर्माण कार्यलाई बढाए पनि कछुवाको गतिमा हुँदा समस्या पर्ने गरेको स्थानीयको गुनासो छ । विसं २०७२ जेठ ९ गते राति बैसरीमा आएको पहिरो उक्त स्थान र आसपासका क्षेत्रमा लगातार रुपमा पहिरोको समस्या पर्ने गरेको छ । उक्त समयमा बस्तीमाथिबाट पहाडको ढिस्कै खसेर कालीगण्डकी नदी १६ घण्टासम्म थुनिएको अवस्थालाई यहाँका स्थानीय कल्पनासमेत गर्न सक्दैनन् ।
    
बेनी जोमसोम आवतजावत गर्ने यात्रुका लागि चौतारीजस्तै बनेको यो ठाउँ बेगखोला, बैसरी भगवती, राम्चे, पिप्लेलगायत आसपासका स्थानका मानिसको किनमेल गर्ने स्थानीय बजारसमेत थियो ।
    
बैसरीको त्यो प्राचीन मौलिकता पहिरोसँगै हराएको अर्का स्थानीय सोमबहादुर पुनले बताए । केही दिनअघि मात्र बैसरीमा पहिरो खस्दा एक चालकले ज्यान गुमाएको उनले जानकारी दिए । “मुस्ताङ जाने पर्यटक बर्सेनि बढ्दै गएका अवस्थामा बैसरीको पहिरो दीर्घकालीन समस्याका रुपमा चुनौती बनेको छ”, उनले भने, “निर्माणाधीन सडकलाई चाँडो सम्पन्न गर्ने गरी संवेदनशील ठाउँलाई प्राथमिकताका साथ काम गर्नु आवश्यक छ ।”

मुस्ताङमा पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गर्दै सडक पूर्वाधारलाई व्यवस्थित गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत सागर श्रेष्ठले बताए ।  

पर्यटकीयरुपमा मुस्ताङको धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले यहाँको प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय निरन्तर लागिरहेको बताए । “राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमा पनि मुस्ताङको प्रवर्द्धनलाई प्राथमिकतामा साथ उठाउने गरिएको छ”, उनले भने । 
    
हिन्दू र बौद्ध धर्मको साझा तीर्थस्थल मुक्तिनाथ स्वदेशीका साथै विदेशी पर्यटकको आकर्षक गन्तव्य हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेसँगै यहाँ भारतीय पर्यटकको आकर्षण अझै बढेको छ । पछिल्ला वर्षमा भारतीय दर्शनार्थी बर्सेनि ठूलो संख्यामा आउने गरेको मुक्तिनाथ मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । 
    
उपल्लो मुस्ताङस्थित माटाको सहरका रुपमा परिचित लोमन्थाङ, नेपाल चीनबीचको कोरोला नाकाका साथै दामोदर कुण्ड आदिले यहाँको महिमा र गरिमा अझै बढाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement