site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सिक्किममा बाढी : २३ सैनिक बेपत्ता, हिमताल विस्फोटको आशंका

काठमाडौं । उत्तरी सिक्किमको टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण कम्तीमा २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको बताइएको छ ।

अचानक बाढी आउनुको कारण हिमताल विस्फोट भएर बाढी आएको हुनसक्ने अनुमान गरिएको छ ।

उत्तरी सिक्किमको चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र धेरै भवन एवं संरचना बगाएर लगेको बताइएको छ ।

बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको हिस्सा समेत बगाएको छ ।

सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको बताइएको छ ।

बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ ।

सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ । कुनै क्षेत्रमा करिब एक घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको अवस्थालाई क्लाउड ब्रस्ट भनिन्छ र बाढी आउँछ ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बाढीको अवस्थाबारे जानकारी लिएका छन् ।

सिक्किममा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ। वर्षासँगै हिमताल विस्फोट भएर पनि अचानक ठूलो बाढी आएको आँकलन गरिएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार सिक्किमको लोनाक हिमताल विस्फोट भएर टिस्ता नदीमा ठूलो बाढी आएको अनुमान गरिएको छ । सिक्किममा अझैं पनि भारी वर्षाको चेतावनी रहेका कारण स्थिति जटिल रहने ठानिएको छ ।

बाढीको थप क्षतिको विवरण आउन बाँकी छ भने, प्रभावित ठाउँहरूमा उद्धार र खोजीका कार्य भइरहेको बताइएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro