site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली आक्रमणमा इरानमा ४३० सर्वसाधारणको मृत्यु

काठमाडौं । इजरायलले गरेको आक्रमणबाट इरानमा मृत्यु हुने सर्वसाधारणको संख्या कम्तीमा ४३० पुगेको छ । इरानका उपस्वास्थ्यमन्त्री अली जाफरियानले शनिबार तेहरानमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका अनादोलु समाचार संस्थाले जनाएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार, यो युद्ध भएयता कम्तीमा ती हजार ५६ इरानी घाइते भएका छन् । इजरायली आक्रमणमा तेहरान, इस्फहान, कुम, खोरमाबाद र अरू सहरमा मिसाइलका डिपो, आणविक केन्द्र तथा आवासीय क्षेत्रसहित विभिन्न स्थललाई निसाना बनाइएको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आक्रमण गरिएका स्थानमध्ये इस्फहानको आणविकस्थल पनि हो । त्यसमा कुनै खतरनाक चुहावट नभएको इरानी अधिकारीले बताएका छन् ।

यसैबीच, ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले बिहीबार जारी गरेको प्रतिवेदनमा इजरायली हमलामा इरानमा ६३९ जनासम्मको मृत्यु भएको छ । एक हजार ३०० भन्दा बढी मानिस घाइते भएका जनाइएको छ ।

इरानले इजरायली क्षेत्रमा समन्वयित ड्रोन र मिसाइल आक्रमणका साथ जवाफी आक्रमण गरेको छ । इजरायली अधिकारीहरूले जारी गरेको तथ्यांकानुसार इरानी आक्रमणमा त्यहाँ कम्तीमा २५ जनाको मृत्यु भएको छ । दुई हजार ५०० भन्दा बढी मानिस घाइते भएका छन् ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्