site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आइफोन १५ अत्यधिक तात्ने समस्या समाधान गर्न आईओएसमा अपडेट ल्याउँदै एप्पल
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । नयाँ आइफोन बढी तात्ने समस्या पहिचान गरिएको र समाधानका निम्ति आईओएस १७ मा अपडेट ल्याइने एप्पलले जनाएको छ ।

आइफोन १५ निकै तात्ने गुनासोपछि कम्पनीले सेटअप गर्दा वा रिस्टोर गरेपछि ब्याकग्राउन्डमा एपको गतिविधिका कारण यस्तो भइरहेको जनाएको छ ।

यस्तै, ‘थर्ड पार्टी’को ताजा अपडेटले सिस्टमलाई ओभरलोड गराउँदा समेत तात्ने समस्या निम्तिएको कम्पनीले जनाएको छ ।

फेसबुक, इन्स्टाग्राम र उबरजस्ता एप डेभलपरसँग यसको समाधानका निम्ति काम गरिरहेको कम्पनीले जनाएको छ । यो समस्या समाधानका लागि गरिने आईओएस १७ को नयाँ अपडेटले कार्यसम्पादनमा कुनै कमी नल्याउने कम्पनीको भनाइ छ ।

प्रयोगकर्ताले आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्समा अत्यधिक तात्ने समस्या देखिएको गुनासो गरेका थिए । रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro