site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपाका सांसदले भने– संसद्‌मा विभेद गरियो
फाइल तस्बिर ।

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिमा गरिएको सहमति पालना गर्न नसकेपछि सभामुख देवराज घिमिरे अप्ठ्यारोमा परेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुख घिमिरेले दलहरूबीच आजको बैठकमा शून्य र विशेष समय नराख्ने सहमति गरेका थिए ।

तत्कालै भन्नुपर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले समय मागे । उनले दुई मिनेटको समय दिए । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले समय मागेर बैठक अवरुद्ध गरे ।

सभामुखले पटक–पटक दलीय आधारमा भएको सहमतिअनुसार कार्यसूचीमा जान आग्रह गरे । तर, राप्रपाका सांसदले दलहरूबीच नै विभेद गरिएको भन्दै विरोध जनाए ।

राप्रपाका तीन संसदले उठेर विरोध गरेपछि नेमकिपाका प्रेम सुवालले पनि साथ दिए । राप्रपाका लागि सभामुखले एक मिनेटको समय दिए । त्यसपछि सत्तारूढ दलका सांसदहरूले नै विरोध जनाए ।

सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिका र चीन भ्रमणबारे जानकारी गराउन समय दिएपछि सांसदहरू बसेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro