site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रेलर रिलिज नहुँदै विदेशमा ‘पशुपति प्रसाद–२ : भष्मे डन’को अग्रिम टिकट बुकिङ खुला  

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद–२ : भष्मे डन’को विदेशमा उच्च शोज माग भएको निर्माण पक्षले जनाएको छ । विभिन्न देशका सिनेमा हलहरूले अग्रिम बुकिङसमेत खुलाइसकेका छन् । कात्तिक ४ गते (अक्टोबर २१) गतेबाट रिलिज हुने चलचित्रको बुकिङ तीन हप्ता अगाडिदेखि नै खुलेको हो । 

जापानका धेरै सहरमा अग्रिम टिकट बुकिङ खुलेको धेरै दिन भइसकेको छ । जापानमा शोजहरू थप्नेक्रम जारी रहेको निर्माण पक्षले जनाएको छ । 

चलचित्र ‘पशुपति प्रसाद–२ : भष्मे डन’ राष्ट्रिय सिनेमा चेनहरूमा नै रिलिज हुन लागेको हो । अमेरिकाका राष्ट्रिय सिनेमा चेनहरूमा यो चलचित्र रिलिज हुने भएको छ । अमेरिकाका राष्ट्रिय सिनेमा चेन रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिसका हलमा रिलिज हुनेछ । सिनेमा कम्पनी सेभेन सिजले यी हलमा चलचित्र रिलिज गर्ने भएको हो । 

अन्य हलमा हजारदेखि १२ सय शोज हुने निर्माण कम्पनी टुकी आर्टसले जनाएको छ । 

क्यानडा, बेलायत, अष्ट्रेलिया, कोरिया तथा मध्यपूर्वका हलहरूमा पनि ठूलो संख्यामा यो चलचित्र हल रिलिज हुँदै छन् । युरोपसँगै भारतलगायत देशमा पनि सिनेमा प्रदर्शन हुँदै छ । 
 
निर्माण पक्षले नेपाली सिनेमाको इतिहासमै सबैभन्दा ठूलो विदेश रिलिज हुन लागेको टुकी आर्टसले जनाएको छ ।

‘दुई चुल्ठी बाटन’ र ‘प्रेम शरणम्’ गीत सार्वजनिक गरिसकेको निर्माण पक्षले आज अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स बाहिर ल्याएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री मल्ल टाउकोमा फेटा बाँधेर रिसाएको लुक्समा प्रस्तुत् छन् ।

चलचित्रको टिजर पनि सार्वजनिक भए पनि ट्रेलर भने रिलिज भएको छैन । ट्रेलर रिलिज नहुँदै तीन हप्ता अगाडि नै विदेशमा बुकिङ खुला गरिएको हो । धेरैजसो देशमा कात्तिक ४ गते नै सिनेमा रिलिज हुनेछ ।  

दीपेन्द्र के खनाल निर्देशन गरेको चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेश हुन्छ । यसपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथा नै यो चलचित्रको मुख्य कथानक हो । 

चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगरलगायत कलाकारको अभिनय छ । 

चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी विशेष भूमिकामा देखिनेछन् ।

टुकी आर्टसको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । निर्माता पनि उनी स्वयं हुन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro