राजनीति
काठमाडौं । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८० २३:३०
प्रतिक्रिया दिनुहोस्