site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेसनल लाइफले गर्‍यो तीनदिने ‘चेयरपर्सन क्लब’ कार्यक्रम

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई तीनदिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले काठमाडौंस्थित होटेल ह्यात रिजेन्सीमा असोज ६ देखि ८ गतेसम्म उक्त कार्यक्रम आयोजना गरेको हो ।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा भएको उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा तोकिएको लक्ष्य पुरा गर्ने ४५० जनाभन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको छ । 

साथै नेपालभरबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ता, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो तथा सञ्जालमा अलग–अलग उत्कृष्ट गर्ने सात लिडर अभिकर्तालाई सम्मानपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

सो समारोहमा सातवटै प्रदेशबाट आफ्नो कोड र सञ्जालको व्यवसायबाट अलग–अलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्तालाई पनि सम्मानित गरिएको थियो ।

कम्पनीले आउने दिनहरूमा आफ्नो प्रतिस्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरूलाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको अध्यक्ष सिहंले बताइन् ।

यो सबै अभिकर्ताहरूको योगदानबाट मात्र सम्भव हुने भएकोले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्तिविकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता प्रकट गरिन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आफ्नो वर्षभरीको मेहनत र परिश्रमवापत तोकिएको लक्ष्य पुरा गरी कार्यक्रममा सहभागी भइ चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरूलाई बधाइ दिएका थिए । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro