site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पशुपति जलहरी प्रकरण : अनियमितता भएको अख्तियारको निष्कर्ष, मुद्दा दर्ता गरिँदै

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखेको सुनको जलहरी प्रकरणको अनुसन्धान सकेको छ । 

अनुसन्धानका क्रममा मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता गर्न खोजेको निष्कर्ष आयोगले निकालेको स्रोतको दाबी छ ।

सो अनियमितता प्रकरणबारे अर्को साता अदालतमा मुद्दा दायर गर्ने तयारी अख्तियारले गरेको छ । अख्तियारले भ्रष्टाचार उद्योगमा मुद्दा दर्ता गर्न लागेको हो । 

Dabur Nepal
NIC Asia

अख्तियार स्रोतले भन्यो, “जलहरी राख्दा असल मनसायले काम भएको छैन । सुरुमा अनियमितता पनि भएको छ । पछि विवाद हुँदा सुन थप्ने काम भएको देखिन्छ ।”

अख्तियारको अनुसन्धानले मुख्यतय मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्काअनुसार जडान नगरिएकालाई पहिलो अनियमितताको आधार मानेको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा पशुपति विकास कोषले पशुपति मन्दिरमा चाँदीको जलहरीको साटो सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

सुरुमा एक सय किलो राख्ने निर्णय गरेपनि पछि त्यसलाई बढाएर १०८ किलो सुन राख्ने निर्णय भएको थियो । 

२०७७ फागुन १२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी राखेको घोषणा गरेकी थिइन् । 

विकास कोषले १०३ किलो ७७३ ग्राम सुन किनेको हिसाब किताव छ । त्यसमा दुई किलो ८९० ग्राम तामा, एक किलो २४९ ग्राम पित्तल, १२ ग्राम जिंकसमेत गरी १०७ किलो ९२४ ग्राम सुन कायम भएको विकास कोषको भनाइ छ ।

तर, जलहरी बनाएर तयार पारिएको मुचुल्कामा ९६ किलो ८२२ ग्राम सुन खपत भएको उल्लेख छ । सो विषयमा महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको थियो । सोही प्रकरण पछि कोषकै केही पदाधिकारीले अख्तियारमा उजुरी दिएका थिए ।

कोषले जलहरी बाहेक सुनको पेटी बनाएको दाबी गरेको थियो । २०८० असार १० मा अख्तियारको टोलीले मन्दिरबाट जलहरी निकालेर सुन जोखेको थियो ।

सो विषयमा अख्तियारको कार्यालय औपचारिक रूपमा बोलेको छैन । कोषका अनुसार त्यो बेला जलहरी र पेटी जोख्दा १०७ किलो ४६८ ग्राम सुनको तौल पुगेको थियो । त्यसमध्ये करिब ९ किलो सुनको पेटी थियो ।

सुनको जलहरी राख्दा पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा हालका सदस्य सचिव मिलन थापा र सदस्य सचिवमा प्रदिप ढकाल थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro