site stats
बाह्रखरी :: Baahrakhari
देश
यी स्थानमा राजमार्ग पूर्ण अवरुद्ध (सूचीसहित)

काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । अरनिको, महेन्द्र राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । पहिरोका कारण भोटेकोसी–३, लार्चा, भोटेकोसी–२, कोप्ल्याङमा पनि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, रुप्सेमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, छलघाटमामा बाढीका कारण भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

बिहीबार (असार ५) बिहान ९ बजेसम्मको अपडेटमा मुख्य राजमार्गअन्तर्गत केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

अवरुद्ध राजमार्गखण्डको सूची हेर्नोस्–

fadmg-1750304813.jpg
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्