site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने
फाइल तस्बिर ।
SkywellSkywell

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् ।

आज काभे्रपलाञ्चोकको बनेपामा आयोजित पार्टीको नगर विस्तार भेलामा उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरू अघि बढेको जिकिर गरे ।

“हामी जनताका साना–साना मुद्दामा ध्यान दिन्छौँ, उहाँहरूका काममा साथ दिन चाहन्छौँ । चिनीको मूल्य घटाउनेतर्फ पनि अब सम्बन्धित ठाउँमा पुग्नेछौँ, सडक तताउँदैनौँ,” पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने ।

KFC Island Ad
NIC Asia

उनले आफ्ना नेता तथा कार्यकर्ताले जनतालाई सडकमा आऊ भन्ने होइन, अब धान काट्न बोलाउनुस् भनेर आग्रह गर्नुपर्नेमा जोड दिए ।

सभापति लामिछानेले भने, “अब १५ दिन पार्टीको गतिविधि नगरेर भए पनि जनताकोमा गएर धान काट्नूस् ।”

Royal Enfield Island Ad

उनले फरक प्रसंगमा बेथितिमा थिति बसाल्ने पार्टीलाई जनताले मन पराउनेमा जोड दिए । “हामी भइरहेको व्यवस्थालाई परिवर्तन गरी अवस्था बदल्न हिँडेका हौँ, अब निर्वासन र भूमिगत बन्नुपर्ने अवस्था छैन,” उनले भने, “जनता पनि दुःखी बन्नु पर्दैन । उहाँहरूले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउनुहुन्छ ।” 

रास्वपाले भ्रष्टाचारलगायत आपराधिक घटनाका विषयमा संसद्बाट विरोध जनाएको र अब एकैपटक ०८४ मा मात्र बोल्ने नेता लामिछानेले बताए । “हामी आमनागरिकलाई सास्ती हुने गरी जनतालाई सडकमा उतार्दैनौँ । सबै बेथितिको अन्त्य आउँदो २०८४ को निर्वाचनले गर्नेछ,” उनले भने ।

कार्यक्रममा रास्वपा सांसद मनीष झाले हरेक आयोजना सञ्चालन गर्दा भविष्यलाई मध्यनजर गर्नुपर्ने आवश्यकता औँल्याए ।

पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले रास्वपाले जनताका आवश्यकतालाई मसिनो ढंगले अध्ययन गरी समाधान गर्दै जाने बताए । सो अवसरमा रास्वपाका नेता रमेश खरेल, जिल्लाध्यक्ष प्रवीण ढकाललागायत व्यक्तिले नगर भेलालाई शुभकामना दिएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro