site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
डा. राजेन्द्रप्रसादको ‘आत्मकथा’ लोकार्पित  
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसादको ‘आत्मकथा’ नेपाली भाषामा प्रकाशित भएको छ । उक्त कृतिको अनुवाद साहित्यकार श्याम प्रधानले गरेका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. तुलसी भट्टराई, डा. विष्णुविभु घिमिरे, गणेश रसिक लगायतले अनुवाद कृतिको लोकार्पण गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा प्रमुख अतिथि भट्टराईले राजेन्द्रप्रसाद भारतीय स्वतन्त्रता सेनानी रहेको उल्लेख गर्दै बीपी कोइराला पनि राजेन्द्रप्रसादसँग हजारीबाग जेलमा बसेको प्रसंग आउने गरेको बताए । 

डा. भट्टराईले डा. राजेन्द्रका केही प्रसंगहरू सुनाउँदै यस अनुवाद कृति लेखनमा श्याम प्रधानले अत्यन्त मिहिनेत गरेको बताए ।

Global Ime bank

डा. घिमिरेले अनुवादकर्म ज्यादै कठिन कार्य भएको बताउँदै पठनीय कृति पाठकलाई सुम्पिएको बताए । 

वाशु शशी स्मृति परिषद्द्वारा आयोजित कार्यक्रममा गणेश रसिक, श्याम प्रधान, राधेश्याम लेकाली, डा. प्रभाकर पोखरेल, हरि गौतम र प्रद्युम्न जोशीले बोलेका थिए । अनुवाद पुस्तक ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय