site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वार्षिकोत्सवको अवसरमा एनसेलको रक्तदान कार्यक्रम

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १८औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।

गत मंगलबार आफ्नो कर्पोरेट कार्यालयमा कम्पनीले एनसेल आइकन भवन लैनचौर, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा १०० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेको कम्पनीले जानकारी दिएको छ ।

हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा सर्वसाधारण, एनसेल आइकनमा आएका ग्राहकरू र एनसेलका कर्मचारीहरूले रक्तदान गरेका थिए ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले अमूल्य जीवन बचाउन कार्यक्रममा सहभागी भइ रक्तदान गर्ने सबैलाई धन्यवाद दिए ।

“स्थानीय र हाम्रा ग्राहकहरूसँग मिलेर हामीले मानिसको जीवन रक्षा गर्ने सामाजिक कार्य गर्न पाएकोमा हामी खुसी छौँ । रक्तदान एउटा निःस्वार्थ कार्य हो । यसले मानव जीवनमा सकारात्मक पार्ने भएकोले मनमा ठूलो सन्तुष्टि दिन्छ । यो हामी सधैँ नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको उदाहरण हो ।”

एनसेलले ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत १८औँ वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरूको पनि घोषणा गरिसकेको छ । त्यस्ता कार्यक्रमहरूमा व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रदेशको समुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, वाग्मती कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण लगायतका कार्यक्रमहरू छन् ।

विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरूका सामाजिक परियोजनाहरूमा एक अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro