खेल
काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपमा भुटान र पाकिस्तानबीचको पहिलो सेमिफाइनलको नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको निर्धारित समय गोलरहित बराबरीमा समाप्त भएपछि खेलको नतिजाका लागि पेनाल्टी सुटआउट हुने भएको हो ।
पाकिस्तान समूह 'ए' र भुटान समूह ‘बी’को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८० १५:३१
प्रतिक्रिया दिनुहोस्