site stats
बाह्रखरी :: Baahrakhari
देश
राहत  शिक्षकको आन्दोलनमा प्रहरीसँग ठेलमठेल, सातजना घाइते

काठमाडौं । राहत शिक्षकले बबरमहल–नयाँबानेश्वरमा मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । 

बुधबारको आन्दोलनमा प्रहरीसँग ठेलमठेल भएको छ । सो क्रममा सातजना घाइते भएको राहत शिक्षक संघका महासचिव कुमार चौलागाईंले जानकारी दिए । 

आन्दोलनका क्रममा प्रहरीसँग ठेलमठेल हुदा अधिकांशको खुट्टामा चोट लागेको छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

बीचको मूल सडक र बायाँतर्फको बाटो आन्दोलनकारीले कब्जा गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्