site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली यू–१९ टिमको समर्थनमा बाइक र्‍याली निकालिने

काठमाडौं । दशरथ रंगशालामा जारी साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध भिड्दै गरेको नेपाली युवा टोलीलाई हौसला र समर्थन प्रदान गर्नका लागि नेपाली फुटबल समर्थकहरुले बाइक र्‍याली निकाल्ने भएका छन् ।

बुधबार बिहान १० बजे रंगशालाबाट सुरु हुने उक्त र्‍याली कुपन्डोल, पुल्चोक, लगनखेल, जावलाखेल, सातदोबाटो हुँदै गोदावरीको होटेल भ्यू भृकुटीसम्म पुग्नेछ ।

नेपाली फुटबल समर्थक समूहको आयोजनामा हुन लागेको र्‍यालीले नेपाली युवा टोलीलाई नयाँ जोश दिने विश्वास गरिएको छ । नेपाली फुटबल समर्थक समूहले यो र्‍यालीमा जो कोही पनि सहभागी हुन सक्ने बताएका छन् ।

बुधबार नेपालले साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा भारतको समाना गर्दै छ । त्रिपुुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे दशरथ रङशलामा हुने खेलमा टिकट साधारणतर्फ १०० र भीआईपीतर्फ ३०० रुपैयाँ राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro