site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीरबाट लडेका वृद्धको २० घण्टापछि उद्धार, सांसदले भने– बालेनले आगो लगाइदिन्छु त्यसै भनेका होइन रहेछन्...
Tiktok banner adTiktok banner ad

काठमाडौैं । गोरखाको भीरबाट लडेका एक व्यक्तिको २० घण्टापछि उद्धार गरिएको छ ।

गोरखाको चीनसँग सीमा जोडिएको क्षेत्रमा निषेधित क्षेत्र कायम गरिएको हुँदा नेपाली सेनाबाहेक निजी हेलिकोप्टर पुग्न सक्दैनन् । त्यसैले उद्धारमा अप्ठेरो परेको सो क्षेत्रका सांसद राजेन्द्र बजगाईँले बताए ।

“देशले भयानक क्रान्ति पर्खिरहेको आभाष भयो,” घाइतेको उद्धारपछि उनले भने, “मैले सामाजिक सञ्जालमा पनि लेखेँ बालेनले त्यसै सिंहदरबारमा आगो लगाइदिन्छु भनेको होइन रहेछ ।” वृद्धभत्ता लिन जाँदा गोरखाको चुमनुब्रीका छेवा दोर्जे लामा भीरबाट लडेर गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गहिरो चोट लागेको छ भने शरीरका अन्य स्थानमा पनि चोट लागेको छ । उनको उद्धारका लागि हेलिकोप्टरको प्रयास गर्दा पनि गृहबाट समयमा स्वीकृत नपाएको र निजी हेलिकोप्टरलाई रोक लगाएका कारण उद्धारमा कठिनाइ भएको सांसद बजगाइँले बताए । “हाम्रो भूगोलमा पश्चिमा सीधै यात्रा गर्न सक्छन् । हाम्रो हामी घाइतेको उद्धार गर्न जान पनि नपाउने भन्ने हुन्छ ?,” उनको आक्रोश थियो ।

हिजोदेखिको प्रयासपछि आजमात्रै नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेर घाइतेलाई काठमाडौं ल्याइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro