राजनीति
काठमाडौं । चीनले प्रस्ताव गरेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)लाई नेपालले समर्थन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका बेला मंगलबार नेपाल र चीनका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा यो विषय उल्लेख गरिएको छ । विज्ञप्तिमा जीडीआईभित्र सहभागी हुन नेपालले विचार गर्ने समेत उल्लेख छ ।
“नेपाली पक्षले चीनले प्रस्ताव गरेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)लाई समर्थन गर्दछ र जीडीआई समूहमा सामेल हुन विचार गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।
जीडीआईमार्फत चीन नेपालसँग विकासको अनुभव अदानप्रदान गर्न तयार रहेको विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० ११:५६
प्रतिक्रिया दिनुहोस्