site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भुटानलाई हराउँदै भारत समूह विजेता, फाइनल प्रवेशका लागि नेपालसँग खेल्ने 

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि साविक विजेता भारतले नेपालसँग खेल्ने भएको छ । सोमबार भुटानलाई २–१ ले हराएर समूह ‘बी’को विजेता बनेपछि भारतले नेपाललाई अन्तिम चारमा प्रतिद्वन्दीको रूपमा पाएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भारतलाई जित दिलाउन ग्वग्वम्सर गोयारी र रिकी मितेई हाओबमले गोल गरे । भुटानका पेन्जोर ग्याल्सेनले गोल गरेका थिए । 

खेलमा सुरुआती अग्रता भने भुटानले बनाएको थियो । पेन्जोर ग्याल्सेनले २१औँ मिनेटमा गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर, भुटानको यो अग्रता पहिलो हाफसम्म पनि कायम रहन सकेन ।

ग्वग्वम्सर गोयारीले गोल ३७औँ मिनेटमा गोल गर्दै भारतलाई खेलमा फर्काएका थिए । यस्तै, ६५औँ मिनेटमा रिकी मितेई हाओबमले गोल गर्दै भारतलाई २–१ को अग्रतामा राखेका थिए । यसपछि थप गोल हुन नसक्दा भारतले पुनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । 

भारतले यसअघि समूहको पहिलो खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो । हारका बाबजुद भुटान पनि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भुटानले यसअघि बंगलादेशलाई ४–३ ले हराएको थियो । 

अब भारतले बुधबार नेपालसँग फाइनल प्रवेशका लागि खेल्ने छ । यसअघि नेपालले आजै भएको समूह ‘बी’ को खेलमा माल्दिभ्सलाई ४–१ ले हराउँदै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा भुटानले समूह ‘ए’ को विजेता पाकिस्तानसँग खेल्ने छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro